बोरामा हालेर फालिएको अवस्थामा लास भेटियो

बोरामा हालेर फालिएको अवस्थामा लास भेटियो

जनकपुर, धनुषामा बोरामा राखेर फालिएको अवस्थामा एक पुरुषको लास फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले दिएको जानकारी अनुसार जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धी स्थित ६ लेन सडकको छेउमा अवस्थित बगैँचामा बोरोमा पुरुषको शव फेला परेको हो ।

अन्दाजी ५० वर्षीय पुरुषको शव बोरामा पोको पारेर फालेको अवस्थामा मंगलबार भेटिएको धनुषा प्रहरीले जानकारी दिएको छ। घाँटीमा झुण्डिएर मृत्यु भएको जस्तो निलडाम देखिएको, शरीमा अन्य कतै कुनै डाम नदेखिएको उपरीक्षक राणभाटले बताए । राति नै बोरामा हालेर कसैले लास फालेको हुन सक्ने शवको प्रकृतिले देखिएको छ । घटनास्थलको विशेष तालिम प्राप्त कुकुर लगेर अनुसन्धन पश्चात शवलाई पोस्टमाार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान जारी रहेको छ ।

सम्बन्धित खवर