भोटेघुम्ती खुल्ला नकआउट फुटबलको उपाधी राजघाटले उचाल्यो

भोटेघुम्ती खुल्ला नकआउट फुटबलको उपाधी राजघाटले उचाल्यो

पथरी, मोरङको पथरी शनिश्चरे ५ भोटेघुम्तीमा जारी प्रथम भोटेघुम्ती पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी राजघाट फुटबल क्लवले उचालेको छ ।

आइतबार भएको फाइनल खेलमा शान्ती स्पोर्टिङलाई १–४ गोल अन्तरले हराउदै राजघाट बिजेता बनेको हो । बिजेता बनेसंगै राजघाटले नगद ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता टिम शान्ती स्पोर्टिङले नगद २५ हजारमा चित्त बुझाएको छ ।

खेलको म्यान अफ दि सिरिज राजघाटमा संजय धिमाल घोषित भएको आयोजक कमिटिका अध्यक्ष सन्तोष थापाले जानकारी दिए । बिजेता टिमलाई पथरी शनिश्चरेका नगर प्रमुख दिलिप कुमार राईले पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा नगरप्रमुख, वडा अध्यक्ष जोग बहादुर धिमाल, डम्बर चेम्जोङ लगायतले सम्बोधन गर्दै खेलाडीहरुलाई बधाइ दिनुभयो ।

सम्बन्धित खवर