सन्तोष न्यौपानेको निर्णायक गोलसंगै सुन्दरहरैंचा मेयर कपको उपाधी पथरी शनिश्चरेलाई

सन्तोष न्यौपानेको निर्णायक गोलसंगै सुन्दरहरैंचा मेयर कपको उपाधी पथरी शनिश्चरेलाई

पथरी, मोरङको सुन्दरहरैंचामा जारी मेयर कप फुटबल प्रतियोगितामा पथरी शनिश्चरेले उपाधी हात पारेको छ । खेलको ३१ औँ मिनेटमा जर्सी नं. १७ का सन्तोष न्यौपानेले गरेको गोल निर्णायक बन्दा पथरी शनिश्चरे उपाधी चुम्न सफल भएको हो ।

दिपक राईको पासमा सन्तोषले उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफमा पुरै दवावमा रहेको सुन्दरहरैंचा खेलको दोस्रो हाफमा निकै आक्रमक रुपमा प्रस्तुत भएको थियो । सुन्दरहरैंचाले पाएका पटक पटका सुवर्ण अवसरहरुलाई सदुपयोग गर्न नसकेपछि नतिजा सुम्पन बाध्य भयो ।

आजको खेलको म्यान अफ दि म्याच बिजेता टिमका सन्तोष न्यौपाने घोषित भए । उनले नगद २ हजार पुरस्कार पाए । त्यस्तै, उत्कृष्ट गोलकिपर पथरीका अर्जुन बस्नेत, उत्कृष्ट मिडफिल्डर पथरीका साइमन लिम्बू, उत्कृष्ट प्रशिक्षक पथरीका अर्जुन राई, उत्कृष्ट डिफेन्डर सुन्दरहरैंचाका महेन्द्र कार्की, उत्कृष्ट फरवार्ड सुन्दरहरैंचाका आशिष चौधरी, उत्कृष्ट व्यवस्थापक पथरीका रोशन मादेम्वा, उदीयमान खेलाडी सुन्दरहरैंचाका नितेश श्रेष्ठ, सर्वाधिक गोलकर्ता पथरीका विशाल पाण्डे र सुन्दरहरैंचाका वीरेन्द्र लिम्बू, सर्वश्रेष्ठ खेलाडी सुन्दरहरैंचाका टिम क्याप्टेन कोमल खवास घोषित भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।

उपाधीसंगै पथरी शनिश्चरेले नगद ३ लाख र ट्रफी पाएको छ भने उपविजेता भएको आयोजक सुन्दरहरैंचाले नगद १ लाख ५० हजार र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिकाबीच खेल भएको थियो ।

सम्बन्धित खवर