सुन्दरहरैचा मेयर कप फुटबल : रेफ्रि विनोद धिमालमाथि हात पात

सुन्दरहरैचा मेयर कप फुटबल : रेफ्रि विनोद धिमालमाथि हात पात

सुन्दरहरैचा । रेफ्रि कुट्ने जिल्ला भनेर चिनिएको नेपालको मोरङमा फेरी रेफ्रि कुटिएका छन । मोरङको सुन्दरहरैचा वडा नं। १२ मा जारि प्रथम मेयर कपको अन्तिम सेमिफाइनल खेलमा रेफ्रि विनोद धिमालमाथि हात पात भएको हो ।

सानो र असुरक्षीत खेल मैदान भएका कारण दर्शकले खेल मैदानमा प्रबेश गरि रेफ्रि माथि हात पात गरेका छन । पहिलो हाफ सकिए लगतै खेल मैदान भित्र प्रबेस गरेर हात पात हुदा सम्म आयोजकले कुनै सुरक्षा रतर्कता अपनाएको देखिदैन । उर्लाबारी र आयोजक बिचको गोल रहित बराबरीमा रहेको खेलमा पेनल्टी नदिएको भन्दै दर्शक खेल मैदानमा प्रबेस गरेका थिए । आयोजक टिमका समर्थक सुन्दरहरैचाका एक खेल प्रेमीले मैदानमा प्रबेश गरि गरेको रेफ्रिमाथीको हातपातले आयोजक पुर्व तयारी र सुरक्षामा प्रश्न तेर्सिएको छ ।

शुक्रबारे युवा क्लबका अध्यक्ष जय नारायण चौधरी र आयोजकको फितलो सुरक्षा भित्र खेल खेलाउन बाध्य भएका मोरङका रेफ्रिहरुले कुटाई खाएको यो नै पहिलो घटना भने हैन । मोरङका खेल मैदानमा आयोजकले हचुवाको भरमा खेल खेलाउदा एक पछि अर्को रेफ्रिले कुटाई खाने गरेका छन । मोरङको पथरीशनिश्चरे, लक्ष्मिमार्ग सुन्दरहरैचा लगायतका खेल मैदानमा रेफ्रि कुटिन थाले पछि मोरङ रेफ्रि कुटाई खाने देशको राजधानी नै बनेको छ ।

मोरङको सुन्दरहैरैचाको शुक्रबारे खेल मैदानमा यो स्तरको खेल १७ बर्ष पछाडी भएको स्थानिय बताउछन । १७ बर्ष अगाडी उत्त खेल मैदानमा भएको प्रतियोगितामा खेलाडी खेलाडी विच ठुलो झगडा भएको थियो । उत्त झगडा पछि यहा कुनै खेल हुन नसकेन एक फुटवल प्रेमी दर्शकले बताए ।

खेल मैदान असुरक्षीत हुदा हुदै र १७ बर्ष अगाडी त्यस्तो घटना हुदा सम्म आयोजकले कुनै सावधानी अपनाएको देखिदैन । खेलमैदानमा कुखुरा, कुकुर पस्नु सामान्य देखिन्छ । खेलाडीले गोल गरेको खुसीमा दर्शक मैदानमा परेर खेलाडीलाई अंकमाल गनु कुनै ठुला कुरा होइन्न । सायक रेफ्रि दर्शकको खुटामा ठोकीनु कुनै नौलो कुरा हैन । शुक्रबारे युवा क्लवले बिना तयारी खुल्ला खेल मैदानमा प्रतियोतिता गराएको छ ।

रेफ्रिहरु असुरक्षित भएका कारण खेल नखेलाउने निर्णन भए पनि खेलमा लिल्ला फुटवल संघका अध्यक्ष तथा पदाधिकारीको अनुरोधमा खेल सम्पन्न भएको छ । बिबादका कारण रोकिएको दोस्रो खेलमा सुन्दरहरैचाले उर्लाबारीलाई पराजित गरेको छ । १४ गते हुने फाईनल खेलमा सुन्दरहरैचाले पथरी स्पोटिङ क्लवको सामना गर्ने छ । बैशाख ६ गते देखि सुरु भएको प्रतियोगिताको विजेताले नगद ३ लाखका साथ ट्रफि हात पर्ने छभने दोस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिताको आयोजक शुक्रबारे युवा क्लब र सह आयोजक सुन्दरहरैचा नगरपालिका रहेको छ ।

सम्बन्धित खवर