पथरी शनिश्चरे ७ को वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

पथरी शनिश्चरे ७ को वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

पथरी, मोरङको पथरी शनिश्चरे वडा नं. ७ को वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ ।

शनिबार एक कार्यक्रमका बिच नगर प्रमुख दिलिप कुमार राईले वडा कार्यालय र स्वास्थ्य भवनको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि रहनुभएका राईले सम्बोधन गर्दै जग्गा दातालाई धन्यवाद सहित सम्पूर्ण वडावासीलाई बधाइ दिनुभयो ।

वडा कार्यालय र स्वास्थ्य भवन निर्माण गर्नका लागि स्थानीय मिलन राई र उनको परिवारले जग्गा उपलब्ध गराएका हुन् । राई परिवारले ४ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएका हुन् । त्यसताका ४ लाख कठ्ठा हाराहरी पर्ने जग्गा राई परिवारले निःशूल्क उपलब्ध गराएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि संविधान सभा सदस्य लाल बहादुर शुस्लिङ, पथरी गाविसका पूर्व अध्यक्ष मोहन तुम्वापो, वडा नं. २ का अध्यक्ष याम प्रसाद गुरागाई लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

सोही कार्यक्रममा संविधान सभा सदस्य लाल बहादुर शुस्लिङ, पथरी गाविसका पूर्व अध्यक्ष मोहन तुम्वापो, शनिश्चरे गाविसका पूर्व अध्यक्ष मोहन कुमार न्यौपाने, पूर्व प्रधानपञ्च जहरमान लिम्बू, वडा र स्वास्थ्यको भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गा दाता मिलन राई सहित परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कृषक, सहकारी, उपभोक्ता समिति, विद्यालय लगायतलाई पनि सम्मान गरिएको थियो । साेही कार्यक्रममा जेष्ट नागिरकलाई सम्मान गर्नुका साथै दलित लक्षित वर्गकाे कार्यक्रम अन्तर्गत झुल वितरण गरिएकाे थियाे ।

नगरका ५ वटा वडाहरु मध्ये ९ नंं. वडा कार्यालय उद्घाटन भइसकेको छ । ७ नं. वडा कार्यालय पनि उद्घाट भएपछि अब वडा नं. २, ३ र ८ नं. वडा कार्यालय उद्घाटन गर्न बाँकी रहेका छन् । वडा नं. ८ ले कार्यालय उद्घाटनको तयारी गरिरहेको छ भने अन्य २ वटा वडाहरु जेष्ठ महिना भित्रमा उद्घाट गर्ने तयारीमा छन् ।

सम्बन्धित खवर