भोटेघुम्ती खुल्ला नकआउट फुटबलमा शान्ति स्पोर्टिङ र लालभित्ती फुटबल क्लव बिजयी

भोटेघुम्ती खुल्ला नकआउट फुटबलमा शान्ति स्पोर्टिङ र लालभित्ती फुटबल क्लव बिजयी

पथरी, मोरङको पथरी शनिश्चरे ५ भोटेघुम्तीमा जारी पुरुष खुल्ला नकआउट फुटबलको आजको खेलमा शान्ति स्पोर्टिङ र लालभित्ती फुटबल क्लव बिजयी भएका छन् ।

हिजो पानी परेका कारण खेल रोकिएको थियो हिजोको सहित आज २ वटा खेल भएको अध्यक्ष सन्तोष थापाले जानकारी दिए । शान्ति स्पोर्टिङ क्लव सुन्दरी चौक र पथरी स्पोर्टिङ क्लव बिचको पहिलो खेलमा शान्ति स्पोर्टिङ बिजयी भएको हो । शान्तिका तर्फबाट सनम भूजेल र नारायण खड्काले १÷१ गोल गर्दे टिमलाई जित दिलाएका हुन् । पहिलो खेलको म्यान अफ दि म्याच शान्ति स्पोर्टिङका जर्सी नं. ४ का खेलाडी निखिल धिमाल घोषित भए ।

आजै भएको पाञ्चायन फुटबल क्लव र लालभित्ती फुटबल क्लव बिच भएको दोस्रो खेलमा लालभित्ती बिजयी भएको छ । निर्धारित समयको खेलअवधिभर दुवै टिमबाट गोल रहित बराबरी खेलेपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा ४–३ गोल अन्तरले पाञ्चायनलाई हराउदै लालभित्ती अगाडी बढेको हो । दोस्रो खेलको म्यान अफ दि म्याच लालभित्तीका गोल रक्षक सन्तोष चौधरी घोषित भए ।

नयाँवर्ष र रामनवमीको अवसरमा आयोजित फुटबल खेल ८ गतेबाट सुरुभएको हो । फाइनल खेल बैशाक १९ गते हुने छ । बिजेता टिमले नगद ५१ हजार र उप बिजेता टिमले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । खेलमा १२ वटा टिम सहभागी छन् ।

सम्बन्धित खवर