बुद्धिमान लिम्बूको संयोजकत्वमा मिक्लाजुङ नेकपा एमाले गाउँ कमिटि घोषणा

बुद्धिमान लिम्बूको संयोजकत्वमा मिक्लाजुङ नेकपा एमाले गाउँ कमिटि घोषणा

मधुमल्ला, मोरङको मिक्लाजुङमा बुद्धिमान लिम्बूको संयोजकत्वमा नेकपा एमाले गाउँ कमिटि गठन भएको छ ।

शुक्रबार गाउँ कमिटि घोषणा तथा सपथ ग्रहण कार्यक्रमको आयोजना गरेर गउँ कमिटिको घोषणा गरिएको हो । १२९ सदस्यीय गाउँ कमिटिको संयोजक बुद्धिमान लिम्बू, सहसंयोजक बुद्धिलाल निरौला, सचिव नविन कार्की, सहसचिव चन्द्र लिम्बू लगायत रहेका छन् । साेही कार्यक्रममा १२३ सदस्यीय अखिल नेपाल महिला संघ पनि गठन गरिएकाे छ । संघकाे अध्यक्ष जुना खड्का, उपाध्यक्ष कुमारी काेइराला, सचिव सबिता राई लगायत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्वाहाम्फेले वर्तमान सरकारको अवस्थाका बारेमा छोटकरीमा कुरा राख्दै नवगठित कमिटिलाई शुभकामना दिनुभयो । मन्त्री तुम्वाहाम्फेले सरकार डिजिटल नेपालको युगमा अगाडी बढेको भन्दै नापी र मालपोत कार्यालयमा लाइन लाग्ने कुरा चाडै अन्त्य हुने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि संघीय सांसद घनश्याम खतिवडाले नवगठित कमिटिलाई शुभकामना तथा बधाइ दिदै देशमा अराजकताहरुको झुण्डले काममा बाधा पु¥याएको बताउनुभयो । पाटि अध्यक्ष ओलीले अझैपनि कोही एउटा व्यक्तिको समस्या भए समाधानका लागि बाटो खुल्ला राखेको अवस्थामा स्वार्थ बोकेका गुटगत झुण्डहरुले वार्ताका लागि आउनुपर्ने आवश्यकता नभएको खतिवडाले बतानउनुभयो । ३ वर्षसम्म पार्टि भुत्ते बनाएकाले अब तिखार्ने बेला आएकाे खतिवडाकाे भनाइ थियाे । खतिवडाले उर्लाबारी मधुमल्ला सडकलाई चांडो व्यवस्थापन गर्नका लागि पहल गरिरहेको पनि बताउनुभयो । सरकारले कि ठेकेदारलाई कार्वाही गरेर नयाँ ठेक्का लागउनुपर्ने की तत्काल काम गर्न सरकारले पहल थाल्नुपर्ने खतिवडाको भनाइ थियो ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य रुपेश खतिवडाले गाउँ कमिटिको नामावली घोषणा गर्नुभयो । सो कमिटिलाई जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले सपथ ग्रहण गराउनुभएको थियो । सोही क्रममा भनाइ राख्दै पोखरेलले यहि बैशाख १५ भित्रमा माेरङका १७ वटै पालिकामा कमिटि गठन गरिसक्ने योजना रहेको बताउनुभयो । जनताको बिचमा जवाफदेही बनाउनका लागि एमालेले गाउँकमिटि गठन गरिरहेको पोख्रेलको भनाइ थियो ।

सम्बन्धित खवर