नेता वामदेव गौतमसँग एमाले अध्यक्ष केपी ओलीको डिनर मिटिङ (फाेटाे फिचर)

नेता वामदेव गौतमसँग एमाले अध्यक्ष केपी ओलीको डिनर मिटिङ (फाेटाे फिचर)

काठमाडौं । बिहिबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले साँझ नेता वामदेव गौतमसँग डिनर मिटिङ गरेका छन् ।

बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त डिनर मिटिङमा ओली र गौतमको साथमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए ।

चार जनाले डिनर गरेको फोटो सार्वजनिक गर्दै प्रमुख सचेतक भट्टराईले सामाजिक सञ्जालमा गौतमले केपी ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको लेखेका छन् ।

हेर्नुहोस् सचेतक भट्टराईले के लेखे फेसबुकमा….

प्रधानमन्त्री — बामदेब भेटघाट

कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें ”तपाइहरु बीचको सम्बाद सकारात्मक -नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड ? ”

सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसङको सम्बादपछि उहाँले भन्नुभो ”केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले) को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।”

अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !

 

सम्बन्धित खवर