राजस्थानलाई १० विकेटको विशाल अन्तरले पराजित गर्दै बैंगलोर तालिकाको शीर्ष स्थानमा

राजस्थानलाई १० विकेटको विशाल अन्तरले पराजित गर्दै बैंगलोर तालिकाको शीर्ष स्थानमा

काठमाडौं : रोयल च्यालेञ्जर्स बैंगलोरले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) टी २० क्रिकेटमा लगातार चौथो जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई १० विकेटको विशाल अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा अपराजित रहने एकमात्र टोली बनेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६।३ ओभरमा भेट्टायो । बैंगलोरको जितमा देवदत्त पडिक्कलले शतकीय योगदान दिए । ४६ बलमा ३ छक्का र ६ चौकाको मद्धतमा आइपिएल करियरको पहिलो शतक प्रहार गरे । उनी १ सय १ रन र कप्तान विराट कोहली ७२ रनमा नटआउट रहे ।

यसअघि मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको राजस्थानले ९ विकेटमा १ सय ७७ रन बनाएको थियो ।

सुरुवाती ३ विकेट सस्तैमा गुमाएको राजस्थानको पारीलाई शिभम् दुबे र रियान परागले पाँचौँ विकेटका लागि ६६ रनको अर्धशतकीय साझेदारी गर्दै स्कोर १ सय ९ रनसम्म पुर्याएका थिए । दुबेले ४६ तथा परागले २५ रन बनाए ।

यस्तै, राहुल तेवाटियाले ४०, सञ्जु सामसनले २१ तथा क्रिस मोरिसले १० रन जोडे ।

बैंगलोरका मोहम्मद सिराज र हर्सल पटेल समान ३(३ तथा काइल जेमिसन, केन रिचर्डसन र वासिङ्टन सुन्दरको नाममा एक(एक विकेट रह्यो ।

जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरको ४ खेलबाट ८ अंक रहेको छ । समान ४ खेल खेलेको चेन्नइ दिल्लीभन्दा रनरेटमा अघि रहँदै दोस्रो र दिल्ली तेस्रो स्थानमा रहेको छ । दुवैको ६ अंक रहेको छ ।

यसैगरी, मुम्बइ ४ अंकसहित चौथो स्थानमा रहेको छ । हैदरावाद, कोलकाता, पञ्जाब र राजस्थान एक खेलमा जितसहत २ अंक जोड्दै क्रमशः पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा रहेका छन् ।

सम्बन्धित खवर