भाेटेघुम्तीमा जारी खुल्ला नकआउट फुटबलकाे पहिलाे खेलमा आयाेजक बिजयी

भाेटेघुम्तीमा जारी खुल्ला नकआउट फुटबलकाे पहिलाे खेलमा आयाेजक बिजयी

पथरी, माेरङकाे पथरी शनिश्चरे ५ भाेटेघुम्तीमा जारी खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताकाे पहिलाे खेलमा आयाेजक विजयी भएकाे छ ।

आज भएकाे पहिलाे खेलमा राेयल फुटबल क्लव दमकलाई १-० गाेल अन्तरले हराउदै आयाेजक बि.एस.सी अघिल्लो चरणमा पुगेकाे हाे । खेलकाे निर्धारित समय सकिएपछि थप भएकाे इन्जुरी समयमा आयाेजक टिमका सारान लिम्बुले गाेल गर्दै टिमलाई जित दिलाएका हुन् ।

आजकाे खेलकाे म्यान अफ दि म्याच आयाेजक टिमका खेलाडी प्रताप लिम्बू घाेषित भए । भाेलीकाे खेल शान्ति स्पाेर्टिङ क्लव सुन्दरीचाैक र हनुमान युवा क्लव पथरीका बिच हुने आयाेजक कमिटिका अध्यक्ष सन्ताेष थापाले जानकारी दिए ।

खेलकाे फाइनल बैशाख १९ गते हुने छ । बिजेता टिमले नगद ५१ हजार र उप बिजेता टिमले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । खेलमा १२ वटा टिम सहभागी छन् ।

यसअघि मैत्रीपूर्ण रुपमा सि.वाइ.सी पथरी सिविर र हसन्दह स्पाेर्टिङ क्लवकाे महिला टिमबिचमा खेल भएकाे थियाे ।  साे खेलमा सि.वाइ.सी.ले ० का बिरुद्ध ५ गाेल गर्दै फराकिलाे अन्तरले जित हात पारेकाे थियाे । साे मैत्रीपूर्ण खेलकाे वुमन अफ दि म्याच बिजेता टिम सि.वाइ.सी. का खेलाडी विष्णु लिम्बू घाेषित भइन् । लिम्बूले व्याक्तिगत ३ गाेल गरेर ह्याट्रिक पूरा गरेकी हुन् ।

खेल हुनुअघि भएकाे आैपचारिक कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका वडा नं ५ अध्यक्ष जाेग बहादुर धिमालले खेलकाे उद्घाटन गरेका हुन् । खेलमा वडाले सक्ने सहयाेग गर्न सदैव तयार रहने धिमालले बताए ।  खेल पथरी शनिश्चरे वडा नं ५ र ३ काे सिमानामा पर्ने रामजानकी खेल मैदानमा भइरहेकाे छ ।

सम्बन्धित खवर