गुड बाइ २०७७ , ७८ को शुभकामना !

गुड बाइ २०७७ , ७८ को शुभकामना !

७७ सालको सुरुवातमा नै कोभिडले विश्व आक्रान्त थियो । त्यसमा नेपाल अछुतो रहने त कुरै भएन् । कोरोना सङ्क्रमणका कारण नेपालले ७६ को चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरेको थियो । पटकपटक गरी चार महिनासम्म लकडाउन भयो ।

अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो ।

तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुग्ने अवस्था सिर्जना भएको छ । कोरोनाको जोखिम फेरि बढेको छ । लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ । केही ठाउँका विद्यालय बन्द गरिएको छ । भारतसँगको खुला सिमानाकाका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम परेको छ । विश्वका केही मुलुकसहित नेपालमा कोभिडको दोस्रो लहर बढीरहेको छ । सङ्क्रमण दिन प्रतिदिन बढ्दो अवस्थामा छ ।

कोरोना बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ ।

कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।

सरकारले स्कुल कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायका सार्वजनिक कार्यक्रमहरु सबै बन्द गर्नुपर्ने अवस्था आएको समेत बताएको छ । अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

कोरोनाबाट बच्न यी कुराहरुमा ध्यान दिनुपर्छ :

-सबै सार्वजनिक स्थल तथा कार्यालयहरुमा तथा सबै किसिमका जमघट र भेलाहरुमा कम्तिमा २ मिटरको दूरी अनिवार्य कायम राख्ने,

–घर बाहिर निस्किँदा सर्जिकल वा तीन तहले बनेको कपडाको मास्क प्रयोग गर्ने,

–सबै सार्वजनिक स्थल तथा कार्यलयहरुले आफ्नो परिसरमा हात धुने साबुन पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्थापन गर्ने,

–कार्यालय प्रवेश गर्दा अनिवार्यरुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्ने,

–प्रत्येक दिन कार्य प्रारम्भ गर्नुअघि अनिवार्य रुपमा थर्मोमिटरबाट ज्वरो परीक्षण गर्ने,

–१००.४ डिग्री भन्दा बढी ज्वरो भएमा काममा नलगाउने,

– दैनिक हाजिरी लगाउने कार्यालयहरुले फेस रिडिङबाट हाजिरी गर्ने व्यवस्था मिलाउने वा सुपरिवेक्षकले अभिलेख राख्ने,

–खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरुलाई काममा नलगाउने,

–आवश्यक निदान, उपचारको व्यवस्था मिलाउने,

– खानपानको व्यवस्थापन राम्रोसँग मिलाउने,

–प्रयोग गरिएका सामाग्री तथा भाडाहरु राम्रोसँग सफा गरेर सुकेपछि मात्र प्रयोग गर्ने,

– स्नानघर तथा शौचालयहरुलाई दैनिक २ पटक नियमित रुपमा सफा गर्ने,

–हात धुने बेसिनहरुबाट संक्रमण सर्ने जोखिम हुनेहुँदा दात माझ्ने ब्रस लगायतका सामानहरु बेसिनमा नराख्ने,

– धेरै प्रयोग हुने ढोका, टेवल तथा अन्य सामाग्रीहरु दैनिक डिसइन्फेक्टेड गर्ने,

– कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकको परामर्शमा उपचार गराउने

नयाँ वर्षको शुभकामना !

नयाँ बर्ष २०७८ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नयाँ वर्षको आगमनसँगै मुलुकमा रहेको कोभिडको आक्रान्तले शान्ति पाओस् भन्ने अपेक्षा गर्दछु । शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस र यसका लागि आआफ्नो क्षेत्रबाट लागि परौँ । शुभकामना । कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरौँ । ७८ सालमा कोभिडले पराजय भोगोस् भन्ने अपेक्षा समेत गर्दछु ।

यो पनि:-

Good bye 2077, best wishes 78 !

 

सम्बन्धित खवर