थप ५ सय १७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

थप ५ सय १७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं : मंगलबार ५ सय जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभरबाट ५ सय १७ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ५ हजार २ सय ३ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल ५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ५ सय ५९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ । यीमध्ये ३ हजार ६ सय ८ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

मंगलबार देशभर १ सय ५३ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ५३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको छ । निको हुने दर ९७।६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म ३ हजार ५८ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर