कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौँ : मन्त्री राई

कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौँ : मन्त्री राई

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छिन् । प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको बताईन् ।

आज विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको बताईन् । आवस्यकता अनुसार जिल्ला स्तरमा पनि कोभिड अस्पताल थपिने मन्त्री राईले बताईन् ।

सीमा नाकामा आवस्यक सर्तकता अपनाउनका लागि निर्देशन दिईएको समेत बताईन् । कोभिड अस्पतालमा उपचारको प्रवन्ध गर्न निर्देशन समेत दिइन् । मन्त्री राईले भनिन् ,‘कतैबाट गुनासो आउनु भएन ।’

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको बताए । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको बताए । सचिव कार्कीले भन्ने,‘ देशव्यापीमा बृद्धि भएको दरकै अनुपातमा संक्रमण बढेको छ ।’ कोरोनाको पुनराबृत्ति भएको देखिएको उनले बताए ।

संक्रमण दर बढेसँगै अस्पताल, आईसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए । आवस्यकता अनुसार आईसोलेसन कोभिडको व्यवस्थापनका लागि चाँडै प्रदेश स्तरिय सीसीएमसीको बैठक तयारी भईरहेको उनले बताए ।

सम्बन्धित खवर