भारतमा एकैदिन १ लाख ६८ जना कोरोना संक्रमित थपिए

भारतमा एकैदिन १ लाख ६८ जना कोरोना संक्रमित थपिए

विराटनगर : भारतमा एकैदिन १ लाख ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सक्रिय संक्रमित संख्या १२ लाख १ हजार पुगेको छ ।

भारतमा कूल संक्रमित संख्या १ करोड २१ लाख नाघेको छ । मृत्यु संख्या १ लाख ७० हजार पुगेको छ ।

महाराष्ट्र, छत्तिसगढ, कर्नाटका, उत्तर प्रदेश र केरला कोभिडबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यी राष्ट्रमा ८६ प्रतिशत कोभिडसँग सम्बन्धित मृत्यु भएको छ ।

सम्बन्धित खवर