कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने जसपाको निष्कर्ष

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने जसपाको निष्कर्ष

काठमाडौं : नयाँ सत्ता समिकरणका लागि महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टी (जसपा)ले सरकारका विषयमा निर्णय गरेको छ । लामो समयपछि सरकार विषयमा छलफल गर्न बसेका जसपाका शिर्ष नेताले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने निष्कर्ष निकालेको हो ।

आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको बताएका थिए । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपनि जसपाले पार्टीमा छलफल गरेर निर्णय दिने बताएको थियो । ‘तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव छैन, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हामीहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएकोले सरकारसँगै हामी छलफल अघि बढाउछौ’ जसपाका एकजना नेताले भन्नुभयो ।

जसपाले लाल आयोगको प्रतिवेदन कार्यान्वयन तथा राजनीतिक आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेको छ । जसपाका नेता लक्ष्मणलाल कर्ण आफूहरुका माग जसले पूरा गर्छ उसैसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताउनु भयो । ‘जसले काम गछ, जसले हाम्रा माग पूरा गर्छ उसैलाई हाम्रो समर्थन रहन्छ, सरकारले हाम्रा माग पूरा गर्न गृहकार्य गरिसकेको छ’ कर्णले भन्नुभयो ।

सम्बन्धित खवर