विराटनगरमा दुईसहित प्रदेश १ मा ७ जना कोरोना संक्रमित थपिए

विराटनगरमा दुईसहित प्रदेश १ मा ७ जना कोरोना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । एक सय ६८ जनाको पीसीआर परीक्षण गर्दा दुई महिला र पाँच पुरुषमा संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा तीन, सुनसरीमा दुई , उदयपुर र प्रदेश १ बाहिरका एक/एक जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा दुई, धनपालथानमा एक, सुनसरीको दुहवी र इटहरीमा एक/एक, उदयपुरको चौदण्डीगढीमा एक र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४४५ पुगेको छ ।

सम्बन्धित खवर