मोरङमा माधव नेपाल पक्षीय समानान्तर कमिटि गठन, अध्यक्षमा चन्द्रविर राई

मोरङमा माधव नेपाल पक्षीय समानान्तर कमिटि गठन, अध्यक्षमा चन्द्रविर राई

विराटनगर : नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरित आफुहरुलाई कार्वाही गरेकाले आफुहरुपनि अब हातमा दहि जमाएर नबस्ने बताएका छन।

मोरङको बिराटनगरमा आज आयोजित जिल्ला तथा महानगर कमिटिको समानान्तर कमिटि बिस्तार कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलिले आफुलाई कार्वाहि गर्दा कुनै गुनासो नभएकोपनि बताए ।

उनले आफु पद लोभी नभएकाले उनको कार्वाहीले केही फरक नपर्ने भन्दै नेता नेपालल भने,‘पार्टीका अरु पदाधिकार भिम रावल, सुरेन्द्र पान्डे लगायतका नेताहरुमाथिको कार्वाहि गर्दा अध्यक्षको हैसियतले ओलिले सोच्नु पर्छ।’ यदी कार्वाहीको बारेमा समयमै सच्नु पर्छ।’नत्र हामीपनि हातमा दही जमाएर बस्ने बताए ।

उनले नवौ राष्ट्रिय महाअधिबेशनबाट चुनावि प्रतिष्पर्धा आएका अन्य नेतालाई हटाउदा ओलिको पद समेत सकिएको उनको भनाई छ।उनले यदी ओली सुध्रिएको खण्डमा आफुहरु पार्टीमा एकिकृत भएर अगाडी बढन तयार भएकोपनि बताए ।

समानान्तर कमिटि गठन

नेकपा एमालेको माधव नेपालपक्ष समुहले मोरङमा समानान्तर जिल्ला र विराटनगर महानगर कमिटि गठन गरेको छ ।

पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा चन्द्र विर राईको नेतृत्वमा ३ सय २५ सदस्सीय समानान्तर जिल्ला कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमाद्धय चण्डीप्रसाद राई र डा उद्धव पोखरेल सचिवमा राजन केशी उपसचिवमा ओसिम आलम,निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राय रहेका छन् अन्य सबैलाई सदस्यमा राखिएको छ ।

त्यसैगरी पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्सीय महानगर कमिटि गठन गरिएको छ । महानगर कमिटिको उपाध्यक्ष खेम तिम्सिना सचिव किरण दाहाल,उपसिचव योगेशराज भण्डारी रहेका छन् ।

सम्बन्धित खवर