एमाले प्रवेश गरेका गृहमन्त्री बादललाई माओवादी केन्द्रले सांसदबाट हटायो

एमाले प्रवेश गरेका गृहमन्त्री बादललाई माओवादी केन्द्रले सांसदबाट हटायो

काठमाण्डौ : नेकपा माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ ।

नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने राष्ट्रिय सभा बैठकमा उहाँको राष्ट्रिय सभा सदस्य पद रिक्त हुनेछ । पार्टीले शुक्रवार ९आज० राष्ट्रिय सभा सचिवालयलाई पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको नेता शर्माले जानकारी दिनुभयो ।

यसअघि बिहीवार नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीको प्रतिनिधि सभा सदस्य पद खारेज भएको थियो ।

सम्बन्धित खवर