प्रदेशसभा सदस्य पद गुमाएका प्रदेश १ का अर्थमन्त्री टंक आङबुहाङको पुनर्नियुक्ति

प्रदेशसभा सदस्य पद गुमाएका प्रदेश १ का अर्थमन्त्री टंक आङबुहाङको पुनर्नियुक्ति

विराटनगर : माओवादी केन्द्रको कारबाहीपछि प्रदेशसभा सदस्य पद गुमाएका प्रदेश १ का टंक आङबुहाङलाई मुख्यमन्त्री शेरधन राईले अर्थ तथा योजना मन्त्रीमा पुनः नियुक्ति गरेका छन् ।

आङ्बुहाङको प्रदेशसभा सदस्य पद बिहीबार रिक्त भएको थियो । उनलाई पुनः नियुक्ति गरि आजै साँझ साढे ५ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सपथग्रहण गराउने तयारी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

माओवादी संसदीय दलका नेता समेत रहेका उनी नेकपा विवादकै बेला प्रचण्डलाई छाडेर केपी ओली पक्षमा लागेका थिए । उनी एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।

सम्बन्धित खवर