मोरङमा शिक्षक संगठन फुट्यो, माधब नेपाल समुहले समानान्तर कमिटी निर्माण गर्यो

मोरङमा शिक्षक संगठन फुट्यो, माधब नेपाल समुहले समानान्तर कमिटी निर्माण गर्यो

नेकपा एमालेमा माधब नेपाल समुहले पार्टी र जनबर्गीय संगठनका सबै तहमा समानान्तर कमिटी निर्माण गर्न थालेसँगै मोरङमा नेपाल राष्ट्रिय शिक्षक संगठन विभाजित भएको छ । शुक्रबार सुन्दरहरैंचाको बागझोडास्थित सामुदायीक बनको सभाहलमा भएको शिक्षक भेलाले संगठनको ३९ सदस्सीय नयाँ जिल्ला समिति घोषणा गरेको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, संगठन सुदृढीकरण अभियानका नाममा समिति गठन गरिएको छ। तर संगठन सुदृढीकरण अभियान भनिए पनि उक्त समिति नेपाल राष्ट्रिय शिक्षक संगठन, मोरङको समानान्तर समिति भएको प्रष्ट छ। चैतभरमा जिल्लाका १७ वटै स्थानीय तहमा समानान्तर कमिटीहरु गठन गरिसक्ने योजना संगठनले तय गरेको छ।

हरि सुबेदीको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा शर्शु गुरुङ र सचिवमा गणेश अधिकारी रहनुभएको छ। सदस्यहरुमा चन्द्र पराजुली, उमेश खड्का, रोहित घिमिरे, प्रेम कार्की, कमल कोइराला,कृष्ण दाहाल, ज्ञानबहादुर राउत, बिरेन्द्र यादब, तुलाराम चौधरी, सत्यनारायण माझी, जसबहादुर राई, शैलेन्द्र थोक्लेन, भिम लुइँटेल, देबेन्द्र राई, मञ्जु न्यौपाने, बिकेन माझी, बिमला काफ्ले, खेम भट्टराई र परी कार्की हुनुहुन्छ । त्यसैगरी अन्य सदस्यहरुमा बासु बराल, हरि धमाल, डेगप्रसाद बाँस्तोला, दिनानाथ झा, शुवास रेग्मी, हितबहादुर बुढाथोकी,स्वर्णकान्त दाहाल, केशव काफ्ले, परशु बराल, चमरु यादव, शृष्टि दास र चन्द्र सुबेदी रहनुभएको छ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य महेश रेग्मीले केपी ओलीले योजना बनाएरै कम्युनिष्ट आन्दोलन सिद्ध्याउन लागेको दाबी गर्नुभयो। नेपालमा कम्युनिष्टहरुको लोकप्रियता नचाहने देशीविदेशी प्रतिक्रियाबादीहरुसँगको साँठगाँठमा ओलीले नेकपाको एकता टुक्र्याएर एमाले समेतलाइ विभाजनमा लागेको उहाँले ठोकुवा गर्नुभय। नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्बाह गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनको गौरबलाई उच्च राख्दै जनताको बहुदलीय जनबादको मर्म र भावना अनुसार नेकपा एमालेको पुनर्गठन अभियानमा जुट्न नेता रेग्मीले शिक्षकहरुलाई आग्रह गर्नुभयो

नवगठित समितिका संयोजक हरि सुबेदीले पार्टी नेतृत्वमा बिकशित भएको ब्यक्तिबादी प्रवृति र पक्षपाति व्यवहार शिक्षक संगठनमा पनि मौलाउंदै गएकाले संगठन सुदृढीकरण अभियान संचालन गर्नु परेको बताउनुभयो। संगठनको मूल्य मान्यता र आदर्शलाई आत्मसात गरेर काम गरिरहेका इमान्दार शिक्षकहरुलाई नेतृत्वले पाखा लगाउँदै लागेको र संगठनप्रति शिक्षकहरुको विश्वास गुम्दै गएकोले फेरि एकजुट भएर संगठन निर्माणमा लाग्नुपरेको उहाँले उल्लेख गर्नुभयो। आफु सँधै संगठनको मर्म र भावना अनुसार काम गर्न लागीपर्ने प्रतिबद्दता ब्यक्त गर्दै संयोजक सुबेदीले सबैलाई आआफ्नो ठाउँबात सहयोग गर्न आग्रह गर्नुभयो।

भेलालाई संविधानसभा सदस्य चन्द्र गुरुङ, एमाले प्रदेश कमिटी सदस्य चंद्रबीर राई, शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष भिम बस्नेत, बुद्दिजिबी परिषदका केन्द्रीय सदस्य डाक्टर उद्दब पोख्रेल गायतले सम्बोधन गर्नुभएको थियो।

सम्बन्धित खवर