उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी, सवारी सञ्चालनमा रोक

उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी, सवारी सञ्चालनमा रोक

पोखरा : नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

पोविविमा विभिन्न शैक्षिक माग राखेर लगातार आन्दोलन गर्दै आएको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पुनः आन्दोलन शुरु गरेको हो । यसअघि विश्वविद्यालयमा उपकुलपति, राजिष्ट्रार लगायत नियुक्तिको माग राखेर नेविसंघले लामो आन्दोलन गरेकोे थियो ।

साथै नेविसंघले आफूहरुको माग पूरा नभएसम्मका लागि विश्वविद्यालयका उपकुलपति लगायत सबै पदाधिकारीको सवारीसाधन चलाउन रोक लगाएको छ ।

नेविसंघले विश्वविद्यालयको राजिष्ट्रार नियुक्ति हुनुपर्ने पहिलो माग राखेको छ । यस्तै, अनलाइनमार्फत भरिएको छात्रवृत्ति प्रवेश परीक्षाको सबै फर्म स्वीकृत गर्नुपर्ने, फिल्ड भिजिटका कार्यक्रम सञ्चालन गर्नुपर्ने नेविसंघको माग छ ।

पोविविको शैक्षिक क्यालेण्डर लागू गर्नुपर्ने र दीक्षान्त समारोह गर्नुपर्ने माग राखेर आफूहरुले आन्दोलन शुरु गरेको पोविवि नेविसंघका नेता डिफान भुजेलले गण्डकी भ्वाइसलाई जानकारी दिए ।

दुई दिन अघि यी माग राखेर उपकुलपति अर्याललाई ज्ञापनपत्र बुझाएको नेविसंघले आफूहरुको मागमा वेवास्ता गरेपछि आन्दोलन शुरु गरिएको सभापति फिरोज सुवेदीले बताए ।

यस विषयमाविश्वविद्यालयको धारणा बुझ्न खोज्दा उपकुलपति प्रेमनारायण अर्यालले फोन उठाएनन् ।

नेविसंघको प्रेस विज्ञप्ति

सम्बन्धित खवर