होमनाथ गिरिको सन्तानेस्वर मन्दिर निर्माणमा सहयोग

होमनाथ गिरिको सन्तानेस्वर मन्दिर निर्माणमा सहयोग

पोखरा : भरतपोखरी ३३ बागमारामा निर्माणाधीन सन्तानेस्वर मन्दिरको लागि सोहि ठाउँ निवासी होमनाथ गिरीले ५१००० सहयोग गरेका छन्  ।  गिरीले आफ्ना बुबाको ४५ औं पुण्य तिथिको अवसर पारि सो सहयोग गरेका हुन्  ।

भरतपोखरी बिकास मन्चका आजिबन सदस्य तथा एन अार एन कुबेतका उपाध्यक्ष  गिरीले सो अवसर पारि उक्त रकम हस्तान्तरण गरेको  भरतपोखरी बिकास मन्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

आफ्ना पितृ को सम्झनामा आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने बताउदै उनले अहिलेको परिस्थितिमा पनि यसरि मन्दिर निर्माणमा सरिक हुने सबैलाई धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै सक्दो सहयोग गर्नका लागि माछापुच्छ्रे टोल बिकास संस्थाका अध्यक्ष समेत रहेका उक्त मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष हरि प्रसाद पौडेलले अनुरोध समेत  गरेका छन ।

देशका बिभीन्न ठाउँमा रहेको यो मन्दिरमा महादेवको भक्तिपूर्वक पूजाआराधना गर्ने गरिन्छ ।  पुरानो मन्दिर हटाएर नयाँ मन्दिरको निर्माण कार्य  केहि महिनामा सकिने बताइएको छ  ।

सम्बन्धित खवर