कर्णाली प्रदेशमा एमालेको सरकार अल्पमतमा, यस्तो कर्णाली प्रदेशको गणित

कर्णाली प्रदेशमा एमालेको सरकार अल्पमतमा, यस्तो कर्णाली प्रदेशको गणित

कर्णाली प्रदेशमा एमालेको सरकार अल्पमतमा, यस्तो कर्णाली प्रदेशको गणित

कर्णाली प्रदेशको सरकार अल्पमतमा परेको छ । सत्ता सहयात्री दल नेपाल कम्युनिष्ट पार्टी एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो ।

बुधबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादीबाट मुख्यमन्त्री भएका शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ । बैठकले एमालेबाट सरकारमा सहभागी तीनै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ । एमाले प्रदेश सभाका संसदीय दलका नेता यमलाल कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बैठकबाट भएको बताउनु भयो । ‘हामीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कँडेलले भन्नुभयो, ‘आगामी चैत ५ गतेदेखि त्यो लागू हुनेछ ।’

बैठकमा १९ जना सांसद्मध्ये १० जना सहभागी भएका छन् । अनुपस्थित ९ जना सांसद्लाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । ‘किन उपस्थित नभएको हो भन्ने बारेमा लिखित स्पष्टीकण सोध्ने निर्णय गरेका छौ । त्यसका अलावा नेकपा एमालेबाट सरकारमा सहभागि तीनजना मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिने निर्णय गरेका छौ’, उहाले भन्नुभयो ।

कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहनु भएको छ ।

यस्तो कर्णाली प्रदेशको गणित

कर्णाली प्रदेशको कुल ४० सांसदमध्ये एमालेका २० सांसद छन् । जसमध्ये एक जना सभामुख रहनु भएको छ । यो प्रदेशमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन् । उहाको पार्टीले १३ सिट पाएको छ भने कांग्रेसले ६ र राप्रपाका एक सांसद छन् । यहा एमालेलाई सरकार बनाउन थप १ सांसद आवश्यक छ भने शाहीलाई पद टिकाउन एमालेको साथ नभई हुँदैन । कर्णालीमा एमाले बिनाको सरकार नै बन्न नसक्ने अवस्था रहेको छ ।

सम्बन्धित खवर