कसरी एलन मस्कले एकै दिन कमाए २५ अर्ब अमेरिकी डलर ?

कसरी एलन मस्कले एकै दिन कमाए २५ अर्ब अमेरिकी डलर ?

टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले एक दिनमै २५ अर्ब अमेरिकी डलर कमाएका छन्। जुन, भारतका अर्बपतिहरुको जीवनभरको कमाई जति हो।

२५ अर्ब डलर भारतका तेस्रो नम्बरका अर्बपति रईस शिव नडारको कुल सम्पत्तिभन्दा पनि बढी भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

यद्यपि, मस्कले पछिल्लो ४ दिनमा २७ अर्ब अमेरिकी डलर गुमाएका थिए। मस्कको कार कम्पनी टेस्लाको सेयरमा २० प्रतिशतको वृद्धि आएसँगै एकै दिनमा २५ अर्ब डलर जोडेका हुन्।

यससँगै मस्कको कुल सम्पत्ति एक सय ७४ अर्ब डलर पुगेको छ। अमेरिकी ब्लुमबर्ग बिलिनियर इनडेक्सका अनुसार मस्कको सम्पत्ति दुनियाका धनी व्यक्ति अमेजनका सीईओ जेफ बेजोसको नजिक आएको छ।

सम्बन्धित खवर