सिरहाबाट अबैध काठ सहित ट्याक्टर पक्राउ

सिरहाबाट अबैध काठ सहित ट्याक्टर पक्राउ

लहान, सिरहाको धनगढी माई नगपालिकाबाट ट्याक्टर सहित ठुलो परिमाणको अबैध चिरान काठ वन कार्यालयले बरामद गरेको छ ।

विशेष सुचानाका अधारमा डिभिजन वन कार्यालय लहान र सव डिभिजन वन कार्यालय धनगढीबाट खटिएको टोलिले शुक्रवार राति २ बजे लुकाई छिपाई धनगढीमाई १४ सनिबारेमा राखिएको साल जातको ५४ थानको ४७.६९ क्युफिट काठ बरामद गरेको हो । बरामद गरीएको काठ र ट्याक्टर डिभिजन वन कार्यालय लहानमा राखिएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसधान भइरहेको डिभिजन कार्यालय लहानका प्रमुख सुभाष चन्द्र दासले बताएका छ्न् ।
कार्यालय प्रमुख दासका अनुसार यस्तो वन जंगल फडानी र बिनास गर्नेलाई कानुन बमोजिम कार्बाहि गर्ने बताएका छ्न् ।

सम्बन्धित खवर