काङ्ग्रेससँग मिलेर सरकार बनाउने कुरा गरे म त्यसको विरोधमा रहन्छु : लालबाबु पण्डित

काङ्ग्रेससँग मिलेर सरकार बनाउने कुरा गरे म त्यसको विरोधमा रहन्छु : लालबाबु पण्डित

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद लालबाबु पण्डितले कांग्रेस नेतृत्वमा सरकार बनाउन खोज्नु जनमतको अपमान हुने बताउनु भएको छ । प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा हुन साथ आफ्ना सबै काम छाडेर कांग्रेस सभापति देउवा निवास पुग्नु भएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई उहाले चेतावनी दिएको हो ।

उहाले नेकपाभित्र सहमति खोज्नुपर्ने बताउनु भएको छ । ‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान हुदैन । यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस’, उहाले नेतृत्वलाई सुझाव दिदै अगाडी भन्नुभएको छ, ‘मेरो यसमा बिरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराऊछु ।’ उहा प्रचण्ड–नेपाल निकट नेताका रुपमा चिनिएपनि पछिल्लो समय तटस्थ रहदै आउनु भएको छ ।

 

सम्बन्धित खवर