तमू ल्होसारलाई सार्वजनिक विदा घोषणा गर्न माग

तमू ल्होसारलाई सार्वजनिक विदा घोषणा गर्न माग

तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदले तमू ल्होसार (पुस १५) लाई सार्वजनिक विदा घोषणा गर्न माग गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै परिषदले पुस १५ लाई सार्वजनिक विदा घोषणा गर्न माग गरेको हो ।

परिषदका अध्यक्ष रेशम गुरुङ नेतृत्वको प्रतिनिधि मण्डलले भेट गरी ज्ञापनपत्र बुझाएका हुन् ।

दुई वर्षदेखि सरकारले तमू ल्होसारको सार्वजनिक विदा कटौती गरेको छ । अन्य आदिवासी जनजातिको पर्व विदा दिए पनि तमूमाथि भने विभेद हुँदै आएको छ ।

सम्बन्धित खवर