ह्याप्पी भ्यालेन्टाइन डे डियर !

ह्याप्पी भ्यालेन्टाइन डे डियर !
  • प्रवेश बिष्ट

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालीमा भन्दा प्रणय दिवस । यो दिवस विशेष गरि युवायुवतीहरुले प्रेम साटासाट गरी मनाउने गर्छन् ।

विशेष गरि युवा युवतीहरूले यस दिवसलाई विशेष चाडकारुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवसलाई महत्त्वपूर्ण रुपमा लिन थालिएको छ । यश दिनमा विशेषगरि आफूलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने गरिन्छ । विभिन्न उपहार पनि साटासाट गर्ने चलन छ ।

यो दिवस विशेषगरी माया गर्नेहरूका लागि हो, तर अहिले मानिसहरूलाई माया भन्ने कुरा सस्तो भएको देखिन्छ । आजभोलिका मायामा केही विश्वास हुदैन । अरुको यस्तै व्यवहार देखेर पनि म अहिलेसम्म सिङ्गल छु । मायामा त बिच्छोड भन्दा मिलन धेरै हुनुपर्ने तर हिजोआज मिलनभन्दा बिच्छोड धेरै हुने गरेको छ । देखावटी माया हुने गरेको छ । सस्तो हुन थालेको छ । त्यसैले पनि मलाई यतातिर खासै चासो छैन ।

अहिलेको समय परिवर्तित र आधुनिक छ । धेरै जसोको जोडी सामाजिक सञ्जालले जुराइदिएको छ । सामाजिक सञ्जालमा समय व्यतीत गर्नेहरू यसै मार्फत आफ्ना प्रेमी/प्रेमीकाहरुसँग रमाइरहेका छन् । केही मेरा साथीहरू पनि त्यस्तै थिए । तर सबै जना फुर्सदिला हुदैनन् । म पनि फुर्सदिलो छैन् । जीवन व्यस्त नै छ । त्यसैले पनि मायामा खासै चासो छैन् ।

यस्ता दिवसहरुले समाजमा विकृति फैलाइरहेका पनि छन् । भ्यालेन्टाइन डे मनाउन कतिले आफ्नो साचो माया गुमाउनु पनि परेको छ । कतिले आफ्ना सपनाहरू धमिल बनाएका छन् । जवरजस्ती प्रेम गर्नेहरूको होडले पनि समाजमा विकृति, विसङ्गती फैलाइरहेको छ । प्रेम दिवस एउटा संस्कृति पनि हो । यसलाई हामीले सकारात्मक तरिकाले मनाउनु पर्छ । प्रेमका नाममा हुने विभिन्न अनैतिक क्रियाकलापहरुले गर्दा पनि नेपाली समाजले यसलाई स्पष्ट स्वीकार गरि सकेको छैन् । आधुनिक युवापुस्ताले नै यसलाई विकृतिका रुपमा फैलाइरहेका छन् । यसलाई युवा पिडीले नै सपार्नु पर्छ ।

साचो र सच्चा प्रेम गर्नेहरूका लागि सधै प्रेम दिवस नै हो । तर यहाँ प्रेमका नाममा मायाको व्यापार गर्नेहरुले विसंगति फैलाउदै गएका छन् ।

आजकाल देखावटीपनले गर्दा बाइफ्रेन्ड र गलफ्रेन्ड बनाउने होडबाजी नै चलेको छ । तर म यो होडबाजी भन्दा निकै पर छु । टाडा छु । तर पनि कसैलाई “ह्याप्पी भ्यालेन्टाइन डे टु यू डियर” भन्न मन लागेको छ ।

प्रेम भनेको निस्वार्थ हुनुपर्छ । म यस्तै चाहन्छु । सोचे जस्तो नहुने भएर पनि होला म आजसम्म माया प्रेमको चक्करमा परेको छैन । म चाहन्छु माया भावनात्मक हुनुपर्छ । स्वार्थ भावका साथ आएको प्रेम प्रस्ताव मलाई मान्य हुने छैन । म यस्तो प्रस्तावलाई फेक लभको संघ्या दिन्छु । अहिले बजारमा फेक लभ गर्नेहरूको कमी छैन । यस्तो हुनु राम्रो होइन । उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले निस्वार्थ गरेको माया दिगो हुन्छ । निस्वार्थ मायामा मिठास हुन्छ ।

अन्तमा: प्रेम दिवस एउटा संस्कृति पनि हो । यसलाई विकृतिका रुपमा नफैलाअौ । सभ्य भएर यस्ता दिवसहरु मनाअौ । वान्स अगेन ह्याप्पी भ्यालेन्टाइन डे टु यू डियर ।

बिष्ट प्रदेश दैनिकका डेस्क सम्पादक हुन् ।

सम्बन्धित खवर