तिलोत्तमा नगरपालिका प्रमुख र उपप्रमुख नेकपाको ओली समूह प्रबेश

तिलोत्तमा नगरपालिका प्रमुख र उपप्रमुख नेकपाको ओली समूह प्रबेश

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरीले नेकपाको प्रचण्ड–नेपाल समूह परित्याग गर्नुभएको छ । बुटवलमा शनिबार भएको विशाल आमसभाको भोलीपल्ट घनश्याम भुषालका अत्यन्तनिकट रहेका घिमिरे र चौधरी ओली पक्षमा आउनु भएको हो ।

नेकपा विवादपछि उहाँहरु प्रचण्ड–नेपाल समूहमा सक्रिय रहनु भएको थियो । प्रचण्ड–नेपाल समूहका रुपन्देहीका विभिन्न कार्यक्रम समेत घिमिरेकै नेतृत्व र सक्रियतामा हुँदै आएका थिए ।घिमिरे र चौधरीसगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले आइतबार बिहान बैठक बसी उक्त समूह छोड्ने निर्णय गरेको हो । भुसालको गृहनगरसमेत रहेको तिलोत्तमाका अधिकांश जनप्रतिनिधिले भुसालकै साथ छोडेपछि रुपन्देहीमा उक्त समूहमा व्यापक हलचल पैदा भएको छ ।

नेकपा महासचिव बिष्णु पौडेलले आइतबार बिहान एउटा तस्बिर फेसबुकमा पोष्ट गर्दै घिमिरे र चौधरी आफूहरूसँगै रहेको पुष्टि गर्नुभएको छ । बुटवलको भेलालाई सम्बोधन गर्न बुटवल आएका महासचिव पौडेललाई बिदाइ गर्न प्रमुख घिमिरे तथा उपप्रमुख चौधरीसहित सैनामैनाका प्रमुख चित्र कार्की भैरहवा विमानस्थल पुग्नु भएको थियो ।

सम्बन्धित खवर