आजवाद र दादावाद !

आजवाद र दादावाद !

मलाई नि बोल्ने हक छ तर म अराजक बोल्दिन,कसैको सत्तोसराप गर्दिन।विवेचना गर्नलाई भने मलाई कसैले रोक्नुहुन्न।

संविधान घोषणापछिको निर्वाचनमा कार्यगत एकतामा सामेल भएका पार्टीले बहुमत ल्याए।यो बहुमत पार्टी एकीकरण गरिने शर्तमा भन्दा पनि माओवादीले उम्मेदवारी दिएका ठाउँमा एमालेले उम्मेदवारी नदिएर एमालेले उम्मेदवारी दिएका क्षेत्रमा माओवादीले उम्मेदवारी नदिएर दुवै पार्टीका उम्मेदवारलाई अर्को पार्टीको सान्त्वना मत दिएर जिताइएका साँसद तथा समानुपातिकमा आ-आफ्नै पार्टीले प्राप्त गरेको मतका आधारमा समावेशीता महिला ,जनजाति, आदिवासी आदि जो विधानमा किटान थियो त्यही अनुरूप साँसद बन्दा बनाउँदा तत्कालीन एमाले ,माओवादी र स्वतन्त्र रूपमा सुर्य चिन्ह लिई उम्मेदवारी दिएका अनि जितेका साँसदहरूको प्रष्ट बहुमतको सरकार थियो के पि ओली नेतृत्वको वर्तमान सरकार ।
संसद विघटनपछि त्यही कार्यगत एकता गर्छौं भनिएका पार्टीहरू अलग बनेका छन् जस्तो एकातिर देखिन्छ भने अर्कोतिर केही मूल सदस्यहरू एताउता नि भएका छन् । एमालेको हिजोको नेतृत्वपङ्तिका नेताहरू जो हिजो नि झुन्ड झुन्ड मै थिए आज पुस्पकमल दाहाल पङ्तिमा उभिएका छन् र यता के पि स-साना भुरा लिएर हिडेको भान कम्युनिस्ट भनिनेहरूको मूल धारलाई लागिरहेको छ।

यो विदितै कुरा हो,यहाँ नयाँ छैन तर हिजो कसरी चुनाव जितिएको थियो र कसरी काम गर्दा त्यो बच्थ्यो भन्ने हेक्का नभै २ वर्ष बितिसकेको थियो।एकीकरण हुने ती दुई पार्टी भनेर काम नि अलेली भयो।आकाङ्क्षा धेरै थिए ,काम हुने अवस्था थिएन किन कि केपी गणतन्त्रका मूल धारका नेता थिएनन् र अरुलाई जनताले पत्याउने अवस्था थिएन।

हलो यहीँ अड्कन थाल्यो।हिजो केपी का बिरोधमा केही बोलिहाल्न नसक्ने माकुने झलनाथ आदिलाई नि दाहालको सहारा मिलेको थियो।यी सबै आफू दाउमा थिए ,देश सपार्ने दाउमा कोही थिएनन् ।काम गर्ने शैली एकअर्कामा फरक हुन्छन् र भए पनि।त्यही फरकपनाको झ्वाँक चर्किदै संसद विघटनको सिफारिस अनि पारित।

चुनाव भए भैगो नतिजा आइहाल्छ त्यो नतिजाको नि हालत यस्तै हो तर संसद स्थापना भए फेरि अर्को सरकार बन्छ मिलेमतोको,केही दिन चल्छ फेरि प्रचण्ड र माधवबिचमा फुट आउँछ ।फेरि अर्को सरकार बन्ला देउवा प्रम होलान् ,सरकार बन्ने बनिने भैरहन्छ।अर्को चुनाव भए नि प्रक्रिया यही हो जुट्नु फुट्नु,सरकार बनाउनु ढाल्नु फेरि बनाउनु फेरि ढाल्नु।

यी सबै प्रक्रियामा आज केपी जहाँ छन् कम्युनिस्ट बनेर अरु त्यहाँ पुग्दैनन् भन्ने मेरो बुझाइ हो।दुईतिहाइको समर्थनमा कम्युनिस्ट प्रम यो नेपाली इतिहासमा नभुतो न भबिष्यती हो मात्र यो वर्तमान थियो र त्यो पनि २०७७ साल पुस ५ गतेबाट समाप्त भएको छ।
माथिका सबै कुराले निम्न कुरालाई पुष्टि गर्न सक्छ:
: कम्युनिस्ट शासक भन्दा पनि शासक थर्काउने क्रान्तिकारी शक्ति मात्र हुन सक्ने रहेछ।
: विचारको स्वतन्त्रता भएका र बौद्धिक ब्यक्तिहरूको समूह बन्न नसक्दो रहेछ
: स्वार्थका पछि कुद्ने समूह यहाँ बढी रहेछ
: के काम गर्ने?भन्ने हेक्का नभई पार्टीको नेतृत्व सम्हाल्न पुग्दो रहेछ।
: कार्यकर्ता भनेका विवेकहीन र चाकरीवाज मात्र रहेछन्: आफ्नो प्रभु जता आफू त्यतै ,सही गलत छुट्याउन नसक्ने
: किन ?केका लागि ,कसलाई ?समर्थन र बिरोध गर्ने भन्ने स्पष्ट नभएको जमात र्‍यालीमा कुद्यो र त्यही संख्या सत्ता परिवर्तनको कारक बन्यो
: सरकार अर्कैका इशारामा चल्न बाध्य हुँदोरहेछ भन्ने भान यथार्थमा फेरियो
: सरकार र जनताका बिचमा बिचौलिया अनिवार्य उपस्थित हुँदोरहेछ भन्ने व्यबहारमा देखियो।
: फटाहा लाई बहादुर ठान्ने संकृतिको विकास भयो र संस्कृति कै रूपमा रह्यो।
: सरकारको मुल ढुकुटी कार्यकर्ता पोस्न बढी प्रयोग गरियो
: जनता संबोधन गर्ने कार्ययोजना बन्न सकेन बने पनि बिचौलियाले काम हुन दिएनन्।
: आजवाद र दादावादले भोलि र निमुखा देख्न नै दिएन।

यी र यस्तै कारणले गर्दा नेपालमा दिगो र टिकाउ सरकार बन्ने आधारहरू भेटिएका छैनन् र सायद भेटिंदैनन् पनि कि!

माथिका सबै कुराले निम्न कुरालाई पुष्टि गर्न सक्छ ।

लेखक ज्ञाननाथ निरौला अध्यापक हुनुहुन्छ ।

सम्बन्धित खवर