युद्धकालका अर्बौँ रकमको हिसाब किताब गर्ने समय आयो : उर्जामन्त्री रायमाझी

युद्धकालका अर्बौँ रकमको हिसाब किताब गर्ने समय आयो : उर्जामन्त्री रायमाझी

बुटवल : नेकपा स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौँ रकमको हिसाबकिताब गर्ने समय आएको बताउनु भएको छ ।

बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा उहाँले ती लगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताउनुभयो।

‘१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ? उहाँले भन्नुभयो, ‘हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौँ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो, प्रचण्डले जवाफ दिनुपर्छ।’

उहाँले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ गरिरहेको टिप्पणी गर्नुभयो ।

‘पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो ?, पार्टीभित्रै मिलाउनुपर्दैन, उहाँले भन्नुभयो, ‘उहाँहरू विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडकमा जानुभो, साथीहरूले बाटो बिराउनुभएको छ।’

सम्बन्धित खवर