सशस्त्र प्रहरीको एपिएफ क्लब जारी प्रधानमन्त्री कपको फाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लब जारी प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं : सशस्त्र प्रहरीको एपिएफ क्लब जारी प्रधानमन्त्री कपको फाइनल पुग्ने पहिलो टोली बनेको छ । एपिएफले साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको एपिएफले आफ्नो इनिङ्समा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि ओपनर सुवाष खकुरेल १९ तथा आशिफ शेखले १ रन बनाए । कप्तान शरद भेसवाकरले १८ रन बनाउँदा शंकर रानाले ४४ तथा सन्दीप जोराले ३४ रन बनाए ।

एपिएफका लागि भुवन कार्कीले ४२, कमल ऐरीले १९ रन बनाए भने, अविजनाश बोहरा ११ र सूर्य तामाङ १ रनमा अविजित रहे ।

पुलिसका लागि आरिफ शेखले १० ओभरमा ३१ रन खर्चेर १ मेडनसहित ३ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । त्यस्तै, सागर ढकालले १० ओभरमा १ मेडनसहित १ विकेट लिए ।

२ सय ४ रनको लक्ष्य जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४९।२ ओभरमा सबै विकेट गुमाएर १ सय ७३ रन मात्रै बनाउन सक्यो ।

पुलिसका लागि ओपनर सुनिल धमलाले ३ रन बनाए । कुशल भूर्तेल शून्यमा आउट हुँदा अमित श्रेष्ठ ८, दिपेन्द्रसिंह ऐरीले ३३, पवन सर्राफ ४०, कप्तान मन्जित श्रेष्ठ ३ र राशिद खानले ३४ रन जोडे ।

एपिएफका लागि भुवन कार्कीले २१ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । कमल ऐरी, अविनाश बोहरा र शरद भेसावकरले २र२ विकेट लिए ।

अब फाइनलमा एपिएफले १७ गते आर्मी र बागमती प्रदेशको विजेतासँग खेल्ने छ । एपिएफ समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल पुलिस क्लब समूह ‘बी’को उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनाएको थियो ।

माघ २ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । अन्तिम चारमा स्थान बनाएका टिमले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर