खुँडा प्रहार गरि एक युवकको हत्या

खुँडा प्रहार गरि एक युवकको हत्या

बझाङको छविसपाथिभेरा गाँउपालिकामा खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ । मंगलबार गाउँपालिका ३ मा रहेको बन्नीचौर माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा विवाद भएपछि खुँडा प्रहार गरी सोही वडाका लखन भनिने अमृत सिंहको हत्या भएको प्रहरीले जनाएको छ ।

खुँडा प्रहार गर्ने मध्येका छविसपाथीभेरा गाँउपालिका २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने अर्का युवा प्रकाश ऐडी फरार भएको बझाङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो । घटनामा संलग्न कडायतको साथबाट खुँडासमेत बरामद गरिएको र फरार रहेका ऐडीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित खवर