सिरहा नगरपालिकाका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द

सिरहा नगरपालिकाका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द

लहान, अत्यधिक मात्रामा चिसो बढेका कारण सिरहा नगरपालिकास्थित सम्पूर्ण विद्यालय तीन दिनसम्मका लागि बन्द हुने भएका छन् ।

सिरहा नगरपालिकाले एक सूचना जारी गर्दै एक सातादेखि चलेको शीतलहरका कारण बालबालिकामा कोभिड–१९ को थप जोखिम बढ्न सक्ने भएकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयमा बिदा दिने निर्णय गरेको हो । नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवद्वारा जारी सूचनामा ‘शैक्षिक क्यालेन्डर २०७७ को वर्षे विदाबाट कट्टा हुनेगरी माघ १४ देखि १६ गते सम्म नगरक्षेत्रका सवै विद्यालयहरु जाडो विदा गर्न गराउन सम्बन्धित सवैलाई जानकारीको लागि अनुरोध गर्दछु,’ भनिएको छ ।

बेलुकादेखि नै बाक्लो हुस्सु र तुसारो परेर अत्यधिक चिसो हुन थालेको छ । चिसोका कारण विद्यालयमा विद्यार्थीको कम उपस्थिति हुन थालेपछि विद्यालय तत्कालका लागि विदा गर्न नगरपालीकाले सूचना जारी गरेको छ।

 

सम्बन्धित खवर