सडन डेथमा बिराटनगरलाई पाखा लगाउँदै डिएफसी सेमिफाइनलमा

सडन डेथमा बिराटनगरलाई पाखा लगाउँदै डिएफसी सेमिफाइनलमा

पथरी, मोरङको पथरी शनिश्चरेमा जारी ५ औँ रिफ्युजी च्यालेन्ज कपमा बिराटनगर फुट्बल क्लवलाई हराउदै दुधे फुट्बल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा १–१ को बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बरबरी भएपछि सडन डेथ मार्फत दुधेले नतिजा आफ्नो पोल्टामा पा¥यो ।

दुवै टिमले पहिलो हाफमा गोल रहित बराबरी खेले । खेलको ४३ औँ मिनेटमा बिराटनगरका ११ नं. जर्सीका आशिस चौधरीले गरेको उत्कृष्ट प्रहारले जाली चुमेको थियो । करिब ३० याड टाडाबाट गरेको चौधरीको प्रहार गोलमा परिणत हुँदा १–० गोल अन्तरले बिराटनगर अघि बढेको थियो । यसपछिका थुप्रैवटा प्रहारहरुले गोल पोस्टको दिशा लिन नसक्दा अन्ततः बिराटनगर नतिजा सुम्पन बाध्य भयो ।

खेलको ६६ औँ मिनेटमा दुधेका जसी नं. ४ का सनम राईले रिटर्न बल मार्फत उत्कृष्ट गोल गरेर टिमलाई बराबरीको नतिजामा ल्याए । दुधेले पाएका थुप्रै अवसरलाई सहि सदुपयोग गर्न नसक्दा जितका लाडि सडन डेथसम्म कुर्न बाध्य भयो ।

सडन डेथमा बिराटनरका अशोक खवासले गरेको गोलले जाली चुम्न सकेन । यता दुधेका गोल रक्षक सन्दिप लिम्बुले गरेको प्रहारले जाली चुमेपछि नतिजा दुधेको पोल्टामा परेको हो ।

आजको खेलको म्यान अफ दि म्याच दुधेका सनम राई घोषित भए । राईले २ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ ।

मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ। प्रतियोगीता संचालनका लागि सेक्टर आई परिवारको मुख्य सहयोग रहेको छ ।

भोलीको खेल आयोजक ए टिम र टेन नवोदय बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन् ।

सम्बन्धित खवर