प्रधानमन्त्री कप : सुदूरपश्चिमको सामान्य लक्ष्य

प्रधानमन्त्री कप : सुदूरपश्चिमको सामान्य लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि ६३ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रन जोडे ।

कप्तान सन्तोष भट्टले ११ रन जोडे । तीन खेलाडी सुन्यमा आउट हुँदा सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए । यस्तै अनिल खरेल र बिक्रम भुसालले २/२ विकेट लिए ।

आज लुम्बिनी दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । समूह ‘बी’ को लुम्बिनी २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

लुम्बिनीले पहिलो खेलमा प्रदेश-२ लाई ७७ रनले हराएको थियो । दोस्रो खेलमा लुम्बिनी पुलिससँग ७४ रनले पराजित भएको थियो । सुदूरपश्चिम भने पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा सुदूरपश्चिम बागमती प्रदेशसँग १८० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा पुलिससँग ९ विकेटले पराजित भएको थियो । अंक विहीन सुदूरपश्चिम पुछारमा रहेको छ ।

सम्बन्धित खवर