संसारकै सबैभन्दा सुरक्षित भवन चौबिसै घण्टा फाइटर हेलिकप्टरको गस्ती (फोटो फिचर)

संसारकै सबैभन्दा सुरक्षित भवन चौबिसै घण्टा फाइटर हेलिकप्टरको गस्ती (फोटो फिचर)

एजेन्सी : सामान्यतया कुनै पनि मुलुकको राष्ट्रपति भवनलाई अधिक सुरक्षा दिइएको हुन्छ । अर्थात सुरक्षाको हिसाबले राष्ट्रपति भवनलाई पहिलो प्राथमिकताका राखिएको हुन्छ । तर अमेरिकामा एक यस्तो भवन पनि छ, जहाँको सुरक्षा ब्यवस्था राष्ट्रपति भवन ह्वाइट हाउसको भन्दा कडा र मजबुत छ ।

यो भवनको सुरक्षाका लागि चौबिसै घण्टा अत्याधुनिक हात हतियारले सुसज्जित हेलिकप्टरहरु तैनाथ हुन्छन । हवाई गस्ती गरिरहेका हुन्छन । अब्बल दर्जाका हतियारधारी सशस्त्र कमाण्डोहरुको तैनाथी पनि यहाँ निकै मजबुुतीका साथ गरिएको छ । आखिर त्यो भवन कुन हो र त्यहाँ के राखिएका छन भन्ने प्रश्न उब्जिन सक्छ । यो स्वभाविकै पनि हो ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको भन्दा कडा सुरक्षा ब्यवस्था भएको यो भवनको नाम ‘फोर्ट नक्स ’ (Fort Knox) हो । खासमा फोर्ट नक्स अमेरिकी सेनाको एक चौकी हो । केन्टुकी राज्यमा रहेको यो आर्मी पोस्ट एक लाख ९ हजार एकड क्षेत्रफलमा फैलिएको छ । फोर्ट नक्स संसारकै सबैभन्दा सुरक्षित भवनको रुपमा चिनिन्छ ।

फोर्ट नक्सको निर्माण सन १९३२ मा भएको हो । अन्यन्तै कड सुरक्षा ब्यवस्थाका कारण बिना अनुमति यो भवनमा प्रवेश गर्ने विषयमा कसैले सोच्नसम्म पनि सक्दैन । यो भवनलाई चारैतर्फ निकै मोटा मोटा ग्रेनाइटले बनाइएको पर्खालले घेरिएको छ ।

यो भवनको सुरक्षाका लागि ३० हजार सैनिक सधैं तैनाथ हुन्छन । यो भवनको छत बम प्रुफ छ । अर्थात जस्तोसुकै बमले पनि यो भवनको छतमा क्षति पुर्याउन सक्दैन । यो भवनको चारै तर्फ अलार्म सिस्टम पनि जडान गरिएको छ ।

यो भवनको सुरक्षाका लागि निकै घातक हतियारले सुसज्जित अपाचे हेलिकप्टरहरु पनि प्रयोग गरिन्छ । खासगरी फोर्ट नक्स बाहिरबाट झट्ट हेर्दा सैन्य पोस्ट मात्रै लाग्न सक्छ । तर वास्तविकता अलि फरक छ । यो भवन अमेरिकाको सुनको भण्डारण केन्द्र हो । यहाँ ४२ लाख किलो भन्दा बढी सुन राखिएको छ ।

यसका अलावा यहाँ अमेरिकी स्वतन्त्रताको घोषणा पत्रको मुख्य प्रति राखिएको छ । यहाँ गुटेनबर्गको बाइबल र अमेरिकी संविधानको मुख्य प्रति जस्ता अन्त्यन्तै दुर्लभ बस्तुहरु राखिएका छन ।

फोर्ट नक्सको सुन राखिएको स्थानमा पुग्न एक विशेष प्रकारको फलामे ढोका खोल्नु पर्छ ।

यो ढोकाको तौल २२ टन रहेको छ । यो ढोका खोल्नका लागि विशेष कोड बनाइएको छ । जसको जानकारी यहाँ कार्यरत केही कर्मचारीहरुलाई मात्रै हुन्छ । कुनै एक कर्मचारीलाई जानकारी भएको कोड अर्को कर्मचारीलाई जानकारी हुँदैन । फरक फरक कर्मचारीलाई फरक फरक कोड दिइएको हुन्छ । कुनै एक कर्मचारीको जानकारीमा रहेको कोडले मात्रै यो ढोका खुल्दैन । विशेष कोड दिईएका सबै कर्मचारीहरुले कोड इन्ट्री गरेपछि मात्रै यो ढोका खुल्छ । स्रोतः वान्ली इन योर स्टेट ।

सम्बन्धित खवर