आन्दोलनका नेतृत्वकर्ता नारायणकाजी श्रेष्ठ कार्यक्रममै फायर

आन्दोलनका नेतृत्वकर्ता नारायणकाजी श्रेष्ठ कार्यक्रममै फायर

काठमाडौं : नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको समुहका शिर्ष नेताबीच नै सार्वजनिक कार्यक्रममा लफडा शुरु भएको छ । शुक्रबार राजधानीमा गरिएको सडक सभामा सो समुहको आन्दोलनका नेतृत्वकर्ता नारायणकाजी श्रेष्ठ फायर भएका छन् । उनि सार्वजनिक मञ्चमै नेताहरुसँग भिडिरहेका थिए ।

संवाद प्रष्ट रुपमा थाहा पाउन नसकेपनि आफुसँग बोल्न आउने नेताप्रति श्रेष्ठ निक्कै कडा रुपमा प्रस्तुत भईरहेका थिए । सभामा नारायणकाजीको अनुहार हेर्दा उनी मुड अफजस्तो स्पष्ट रुपमा देखिन्थ्यो ।

सो समुहका नेताहरुका अनुसार जुलुसको नेतृत्वका विषयमा कुराकानी मिलेको थिएन । नारायणकाजी जुलुसलाई टुडिखेल वरपर एक पटक घुमाउन चाहानु हुन्थ्यो भने प्रचण्ड र नेपाल मास देख्ने वित्तिकै मञ्चमा गएर बस्नु भएको थियो । तर, नारायणकाजी भने जुलुसको नेतृत्व गर्दै शहिदगेट पुग्नु भएको थियो । त्यही क्रममा प्रचण्डले श्रेष्ठलाई फर्किएर आउन भनेपछि रिसले चुर भएको ति नेताको भनाई छ ।

तिनिधिसभा विघटन विरुद्धको आन्दोलनको संयोजक समेत रहनु भएका नेता श्रेष्ठले सभालाई सम्बोधन समेत गर्नुभएन । सम्बोधन गर्न नदिएको हो वा नगरेको भन्ने बारेमा केही खुल्न सकेको छैन । यो समुहमा यसअघि नै महासचिव कसलाई बनाउने भनेर लफडा चलिरहेको छ । जसले गर्दा पार्टी अनौपचारिक रुपमा विभाजन भएको एक महिना वितिसक्दा पनि महासचिव विहिन अवस्थामा छ ।

सम्बन्धित खवर