फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल

फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने बताउनुभएको छ । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले केही अन्योल र तीव्र धु्रवीकरणबीच सदनमा उपस्थित भइरहँदा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको सन्दर्भमा आआफ्नै खाले बुझाई एवं दृष्टिकोण रहेको उल्लेख गर्नुभयो ।

पौडेलले एकातिर जनताको असिम अपेक्षा, अर्कोतिर आफ्नै राजनीतिक, प्रशासनिक, ऐन कानून एवं स्रोत र साधनको सीमितताका बीचमा प्रदेश सरकार अघि बढेको उल्लेख गर्नुभयो । उहाँले शून्य अवस्थाबाट प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्दै गर्दा सरकारले गरेका काम देखिन थालेको बताउनुभयो । उहाँले सबैले इमान्दारीपूर्वक लागि पर्दै गर्दा सकारात्मक परिणाम पनि आएको बताउनुभयो ।

“त्यसो त कतिपय सदस्यले देखिन थालेका परिवर्तनप्रति संशय व्यक्त गर्नुभएको छ, अपेक्षा र यथार्थताको बीचको फरकपनलाई हामी कसरी हेर्दछौँ, कसरी बुझ्दछौँ, त्यो हाम्रो दृष्टिकोणको सन्दर्भसँग जोडिएको हुन सक्दछन्, हाम्रो राजनीतिक मूल्यका प्रश्नसँग गाँसिएका पनि हुन सक्दछन्”, पौडेलले भन्नुभयो ।

सम्बन्धित खवर