कोरोना विरुद्धको १० लाख डोज खोप भोलि नै नेपाल आइपुग्छ : स्वास्थ्य मन्त्री त्रिपाठी

कोरोना विरुद्धको १० लाख डोज खोप भोलि नै नेपाल आइपुग्छ : स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको १० लाख डोज खोप भोलि नै नेपाल आइपुग्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाललाई भारत सरकारले उपलब्ध गराउने खोप भोलि नै नेपाल ल्याइने भएको बताउनुभयो ।

उहाँले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिरहनुभएको स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप दिइने जानकारी दिनुभयो । खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको भन्दै मन्त्री त्रिपाठीले नेपाल र भारतबीच मित्रताको अनुपम उदाहरण भएको बताउनुभयो ।

सम्बन्धित खवर