उर्लाबारीमै सेयर बजार र बित्तीय ठेक्का पट्टाको जानकारी दिन्छ ः ग्रो मोर क्यापिटल

उर्लाबारीमै सेयर बजार र बित्तीय ठेक्का पट्टाको जानकारी दिन्छ ः ग्रो मोर क्यापिटल

पथरी, सेयर बजारमा कारोबार गर्नेलाई सहजिकरण गर्ने उद्देश्यले ग्रो मोर क्यापिटल सञ्चालनमा आएको छ ।

मोरङको उर्लाबारी ७ स्कुलडाँडामा स्थापना भएको ग्रो मोर क्यापिटल एण्ड एसिस्ट मेनेजमेन्ट प्रा.लि.ले सेयर बजार र बित्तीय ठेक्का पट्टाका लागि सहजिकरण गर्ने प्रा.लि.का अर्जुन बाँस्तोलाले जानकारी दिनुभयो । ग्रो मोरले हाल मेरो सेयर, डिम्याट खाता खोल्न, सेयर बजार सम्बन्धी सम्पूर्ण जानकारी, पोर्टफोलियो मेनेजमेन्ट सम्बन्धी सेवा, जीवन बिमा लगाएतका सुबिधा उपलब्ध गराउने बाँस्तोलाले जानकारी दिनुभयो ।

पछिल्लो समय सेयर बजारमा बढ्दो दरमा आकार्षण देखिएको छ । सबैलाई सेयर बजारका विषयमा जानकारी छैन् । ग्रामिण क्षेत्रमा रहेकालाई समेत सेयर बजारका बारेमा जानकारी प्रदान गर्ने उद्देश्य रहेको बाँस्तोलाले बताउनुभयो । प्रा.लि.को अफिसमा दिनभर बसेर सेयर बजारलाई हेर्ने र त्यस सम्बन्धी जानकारी लिन सकिने व्यवस्था प्रा.लि.ले गरेको छ । डिम्याट खाता नं. आउन ढिला भइरहेको अवस्थामा ग्रो मोरले २४ घण्टा भित्रमा डिम्याट खाता सञ्चालन गराउने व्यवस्था रहेको गरेको बाँस्तोलले बताउनुभयो ।

सम्बन्धित खवर