५ अाैँ अन्तराष्ट्रिय शरणार्थी च्यालेन्ज कप सुर, पहिलाे खेलमा दुधे बिजयी

५ अाैँ अन्तराष्ट्रिय शरणार्थी च्यालेन्ज कप सुर, पहिलाे खेलमा दुधे बिजयी

पथरी, मोरङको पथरी शनिश्चरेमा सुरु भएको ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल २०२१ को उद्घाटन खेलमा दुधे फुटबल क्लब, झापा विजयी बनेको छ। पथरीशनिश्चरे फुटबल क्लबलाई ३-१ गोलले पराजित गर्दै दुधे फुटबल क्लब अघिल्लो चरण प्रवेश गरेको हो। खेलको ७ औँ र २३ औँ मिनेटमा दुधे फुटबल क्लबका सनम राईले २ गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका हुन भने पहिलो हाफको अतिरिक्त समयमा श्याम मुर्मुले थप १ गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए। ७ औँ मिनेटमा श्याम मुर्मुको फ्रि-किकको मद्दतमा सनमले पहिलो गोल गरे भने २३ औँ मिनेटमा डि-बक्स एरियामा पथरीले फल गरेपछी पाएको पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गर्दै सनमले दोश्रो गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा दुधे फुटबल क्लबका श्याम मुर्मुले गरेको लामो प्रहारमा पथरीका गोलरक्षक मनोज दाहाल सम्हालिन नसक्दा पथरी शनिश्चरेले तेश्रो गोल खान पुग्यो। खेलको ५७ औँ मिनेटमा पथरी शनिश्चरेका सन्तोष गुरुङ्गले टिमका लागि १ गोल गरे जुन गोल सान्त्वना गोल मात्र बन्न पुग्यो। आजको उद्घाटन खेलको मेन अफ द म्याच, बिजेता टोलिका २ गोलकर्ता सनम राई घोषित हुँदै नगद २५ सय रुपैयाँ हात पारे। प्रतियोगिता अन्तर्गत भोली शनिबार दोश्रो दिनको खेल 10 नवोदय फुटबल क्लब पथरी शनिश्चरे र उर्लाबारी फुटबल क्लब बिच हुनेछ। टेन नवोदय फुटबल क्लब, भर्खरै पथरीमा सम्पन्न पथरी शनिश्चरे प्रिमियर लिगको बिजेता टोलि हो। प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलिले ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ। मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टर (YFC) को मुख्य आयोजनामा जारी प्रतियोगितामा विभिन्न १४ वटा टिमको सहभागीता रहने बताइएको छ । प्रतियोगीतामा दुधे फुटबल क्लब झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, विन्द्यावासिनी फुटबल क्लब विराटनगर, बि.वाई.सि बेलडाँगी, एफ.एफ.सी धरान, बेलबारी फुटबल क्लब, योङ् ब्रदर फुटबल क्लब, नवोदय फुटबल क्लब पथरीशनिश्चरे, उर्लाबारी फुटबल क्लब, धरान सिटी एकेडेमी फुटबल क्लब धरान, फ्यान्स क्लब (विआरसी), लेटाङ फुटबल क्लब र आयोजक YFC को २ वटा टिमको सहभागीता रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगीताको आयोजनाका लागी तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर (ILC), अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबकाे सहयोग रहेको प्रतियोगीता संयोजक करन राईले बताउनु भयो। प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन् ।

सम्बन्धित खवर