प्रदिप पौडेलको साथ, माघ ३ गते पथरीमा कांग्रेसले सरकार बिरुद्ध बिरोध सभा गर्ने

प्रदिप पौडेलको साथ, माघ ३ गते पथरीमा कांग्रेसले सरकार बिरुद्ध बिरोध सभा गर्ने

पथरी, सरकारको बिरोधमा कांग्रेसले माघ ३ गते मोरङको पथरीमा बिरोध सभा गर्नेभएको छ ।

पथरी शनिश्चरे १ जाँतेमोडमा हुने कार्यक्रमको प्रमुख वक्ताका रुपमा कांग्रेस केन्द्रिय सदस्य ताथ प्रभावशाली वक्ता प्रदिप पौडेल आउने तयारी भएको नगर सचिव दुर्गा प्रसाद भट्टराईले जानकारी दिनुभयो । कांग्रेसले सरकारको कामकार्वाहीका विषयमा देशैभर बिरोध सभा गर्ने घोषणा गरेको छ । सोही कार्यक्रम अनुरुप पथरी शनिश्चरे नगरको आयोजनामा विशाल बिरोध प्रदर्शनको तयारी भएको भट्टराईले जानकारी दिनुभयो ।

वि.पी स्मृति भवन तथा पार्टि कार्यालयमा भेला भएर बिशाल प्रदर्शनका साथ दिनको २ बजे कार्यक्रम स्थलमा पुग्ने तयारी नगर कांग्रेसको रहेको छ । पौडेलका साथमा अन्य प्रभावशाली वक्ताहरुले कार्यक्रममा सम्बोधन गर्ने तयराी रहेको छ ।

 

सम्बन्धित खवर