सिटी सफारी दुर्घटनामा परी एक वृद्धा महिलाको मृत्यु

सिटी सफारी दुर्घटनामा परी एक वृद्धा महिलाको मृत्यु

विराटनगर विराटनगरमा भएको सिटी सफारी दुर्घटनामा परेर घाइते भएकी एक वृद्धा महिलाको उपचारका क्रममा ज्यान गएको छ ।

विराटनगर महानगरपालिका–६ सरोचीयामा मंगलबार दिउँसो १ बजेतिर सफारी दुर्घटनामा परेको थियो । दुर्घटनामा विराटनगर–१६ की ६८ वर्षीया वृद्धा प्रभा पोखरेलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरेलको उपचारका क्रममा दिउँसो १ः३० बजेतिर न्युरो अस्पतालमा ज्यान गएको हो ।

सडकमा तीव्र गतिमा गुडिरहेको मोटरसाइकलाई बचाउने क्रममा सिटी सफारी सडकबाट पल्टिएर खाल्डोमा पर्दा सफारीमा यात्रा गरिरहेकी वृद्धा घाइते भएकी थिइन् । प्रहरीले सफारी चालक सुनसरीको बर्जु गाउँपालिका–२ का ३० वर्षीय कृष्णकुमार साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

 

सम्बन्धित खवर