प्रधानाध्यापकमाथि विद्यार्थीले गरे कुटपिट

प्रधानाध्यापकमाथि विद्यार्थीले गरे कुटपिट

मोरङको उर्लाबारी ६ मा रहेको राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलमाथि विद्यार्थीहरुद्वारा कुटपिट भएको छ।

सोमबार बिहान १० वजे विद्यालय हाताभित्र कक्षा १२ मा अध्ययनरत उर्लाबारी १ का २० वर्षीय निश्चल गुरुङ, उनका साथीहरु सुनसरी इटहरीका २० वर्षीय मोहित राई र उर्लाबारी ५ घर भई विराटनगर बस्दै आएका १९ वर्षीय रविन राईले कुटपिट गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार घटनामा संलग्न गुरुङलाई नियन्त्रणमा लिइएको छ। अन्य दुई जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

गुरुङ नेतृत्वको समूहले प्रधानाध्यापक पोखरेललाई बोतल, रड र ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्शी शिक्षक चुडामणि नेपालले बताउनुभयो।

राधिका माविका शिक्षकहरुले विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका छन्। शिक्षकहरुले घटनापछि शिक्षक, विद्यार्थी र कर्मचारी असुरक्षित भएको जनाएका छन्। घाइते प्रधानाध्यापक पोखरेलको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

शिक्षक कर्मचारी र पेशागत संगठनहरुले दोषीमाथि कारबाहीको माग गरेका छन्।

सम्बन्धित खवर