पोखरामा जनप्रदर्शन गर्दै जसपा, डा. बाबुरामसहित केन्द्रीय नेताले सम्बोधन गर्ने

पोखरामा जनप्रदर्शन गर्दै जसपा, डा. बाबुरामसहित केन्द्रीय नेताले सम्बोधन गर्ने

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि यो कदम असंवैधानिक र प्रतिगामी भएको भन्दै जनता समाजवादी पार्टी, गण्डकीले पुस २९ गते पोखरामा जनप्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्रीको कदम असंवैधानिक तथा जनआन्दोलन २०६२/०६३ को मर्म र उपलब्धिकै विरुद्धमा रहेकाले उक्त कदमका विरुद्ध सडकबाटै दबाब दिनका लागि कार्यक्रम आयोजना गरिएको जनप्रदर्शन प्रचारप्रसार समिति संयोजक किरण थापाले बताए ।

जनप्रदर्शनलाई सम्बोधन गर्न जनता समाजवादी पार्टी नेपालका नेताहरु डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र शरदसिंह भण्डारी पोखरा आउने थापाले जानकारी दिए ।

प्रदर्शन सफल पार्न आयोजकले विभिन्न उपसमिति गठन गरेको जनाएको छ । गठित उपसमिति संयोजकमा अतिथि सत्कारतर्फ मोती रिजाल, आर्थिक व्यवस्थापनमा दीपक तामाङ, स्वयंसेवक परिचालनमा डिबी नेपाली तथा संघ, संस्था समन्वय समिति संयोजकमा हुम गुरुङ छन् ।

पार्टी प्रवेश समन्वय समिति संयोजकमा देवी सुवेदी, स्वास्थ्यमा शंकर गौतम, संगठन परिचालनमा टीकाराम पौडेल र गिरीप्रसाद गुरुङ, अनुगमनतर्फ धनप्रसाद तामाङ र राजन कार्की, मञ्च व्यवस्थापनमा शम्भु खाती संयोजक छन् ।

जनप्रदर्शनका दिन सयौंले जसपा पार्टीमा प्रवेश गर्ने जसपा गण्डकी प्रदेश संयोजक मोती रिजालले दाबी गरे । २९ गते बिहान साढे ११ बजे चिप्लेढुंगाबाट -याली सुरु हुने र दिउँसो साढे १२ बजे पृथ्वीचोकमा पुगी सभामा परिणत हुनेछ

सम्बन्धित खवर