अवैध गाँजा सहित पर्साबाट ७ जना पक्राउ

अवैध गाँजा सहित पर्साबाट ७ जना पक्राउ

पर्सा : ठूलो परिमाणको लागूऔषध गाँजा सहित पर्साबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्ने २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका–१० बस्ने २६ वर्षीय रामलाल गोले, धादिङको बेनीघाट–रोराङ् गाउँपालिका–१ का ३७ वर्षीय निरज लामा, चितवनको राप्ती नगरपालिका–२ बस्ने ५० वर्षीय सानुलाल तामाङ र पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ बस्ने ५१ वर्षीय सहिद मियाँ आलम रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगञ्जबाट खटिएको संयुक्त प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–२१ लालबाट १ सय ५ किलो गाँजा उनीहरुलाई आइतबार बिहान पक्राउ गरेको हो ।

लागूऔषधको कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना ४ ख ६५२५ नम्बरको ट्रकलाई जाँच गर्दा सो परिमाण बराबरको गाँजा बरामद भएको हो । पक्राउ उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको ब्यूरोले जनाएको छ ।

 

सम्बन्धित खवर