उर्लावारी,कुमार खड्का
मोरङको दोस्रो ठुलो शहर उर्लाबारीको वडा नम्वर ८ मा २५ करोड लगानीमा निर्मीत एभरेष्ट फनपार्क एण्ड रीर्सोट सेन्टर पुष १७ गते बाट संचालनमा आउने भएको छ ।
कोरोना भाइरसको संक्रमण र त्यसको प्रभावका कारण चौपट बनेको होटल व्यावसाय कोरोना जनजिवन सामान्य अवस्थामा आउन थालेदेखी पुनः चलमलाउन हुन थालेका हुन । कोरोनाका कारण लामो समय बन्द रहेको होटल ब्यवसाय यति वेल तङग्रिने अवस्थामा रहेका छन् ।
कोरोना भाइरस भित्रिनु अघिबाटै पूर्वी मोरङको उर्लाबारीका १४ जनाको संयुक्त लगानीमा निर्माणधिन फनपार्क संचालनमा आउन लागेको रिर्सोटका अध्यक्ष तील प्रसाद श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार-“ होटलमा मनोरञ्जनका साधन र सुविधाका हिसाबले प्रदेश नं. १ मै उत्कृष्ट बनाउने लक्ष्यका साथ रिर्सोटको अवधारण गरिएको हो रिसोर्टमा १४ वटा सुविधासम्पन्न ९ सय ९९ रुपैयाँदेखि ४ हजार ९ सयसम्मका कोठाहरु, पार्टी प्यालेस, सभाहललगायत सांगितिक कार्यक्रमका लागि स्टेज, बालबालिकाका लागि पनि स्विमङ पुल, पिङ, चिप्लेटीलगायत बनाइएको छ ।”
साढे ७ विघा क्षेत्रफलमा फैलिएको रिर्सोटमा साढे ३ विघा रीर्सोटको आफ्नै जग्गा रहेको छ भने ४ विघा जग्गा लिजमा लिएर व्यावसायको थालनी गरिएको हो ।
जसमध्ये ५ विघामा रिसोर्ट र बाँकी रहेको क्षेत्रमा अर्गानिक खेती माछापालन, कुखुरापालन, सुरु गरिएको संचालक हेमराज गुरुङले बताए ।
हालसम्म १५ करोड लगानी भइसकेको जनाइएको छ । मनोरञ्जनात्मक पार्क, पकिनकि स्थललगायतको ब्यवस्थापन चाँडै गरनिे सञ्चालक गुरुङको भनाई छ
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको फनपार्क सबै उमेर समुहका पर्यटकहरुका लािग रहेको संचालक समितीको दाबी रहेको छ ।
रिर्सोटको उदघाटन उर्लाबारी नगरपालकिाका मेयर खड्ग फागोले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उदघाटन विषेश कार्यक्रम पुष १७ गतेदेखी १५ दिनसम्म संचालन हुने बताइएको छ ।