पोखरामा सडक महोत्सव सुरु, प्रदेश सरकारले एक अर्बको व्यवसायीक जिवन रक्षा कोष संचालन गर्न दखास्त आव्हान गर्ने

पोखरामा सडक महोत्सव सुरु, प्रदेश सरकारले एक अर्बको व्यवसायीक जिवन रक्षा कोष संचालन गर्न दखास्त आव्हान गर्ने

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेश सरकारले विनियोजन गरेको एक अर्बको व्यवसायीक जिवन रक्षा कोष संचालनको लागि अब छिट्टै दखास्त आव्हान गरिने भएको बताए । बुधबार देखि पोखरामा सुरु भएको २२ औं पोखरा सडक महोत्सवको उद्घाटन गर्दै उनले कोरोनाबाट प्रभावित भएका व्यवसायीहरुलाइ थोरै भए पनि राहत उपलब्ध गराउने उद्धेश्यले संचालन हुने उक्त कोषको रकम वितरणको लागि दखास्त आव्हान छिट्टै गर्ने तयारी भएको बताएका हुन्।

उनले भने “ प्रभावित व्यक्तिहरुलाई पहिचान गरी एक लाख, दुई लाख दिन म चहान्थे, तर एउटा कार्यविधि बनाउन ६ महिना लाग्यो, जनतालाई दिने भने पछि टेवलमा बस्नेहरुको चिक्त बुझ्दैन्, थोरैमा ५० हजार देखि बढीमा १५ लाखसम्म व्याज मिनाहा गराउने गरी यो कोषको रकमलाई हामीले प्रयोग गर्न खोजेका छौं । ” केही समय दखास्त आव्हान गरे पश्चात उक्त कोषको रकम बचत हुने अबस्था रहेमा पुनः ठुला लगानी कर्तालाई समेत समेट्ने आफुहरुको योजना रहेको उनले जनाए ।

फेवातालको नक्साङकन र सिमाङकन गरे पछि अतिग्रहणमा परेकाहरुको मुआब्जा लगायतका बिषयमा समेत न्यायोचित निकास दिने गरी आफुहरुले संघिय सरकारसंग समन्वय गरेको मुख्यमन्त्री गुरुङले जनाए । यो आर्थिक बर्षमा फेवातालको समस्या समाधान हुने गरी फेवातालको नक्साङकन र सिमाङकनको हाल धेरै काम अघि बढेको उनले दाबी गरे । रत्न मन्दिर तथा हिमागृह समेत प्रदेशको माताहातमा ल्याएर खुल्ला गर्ने तयारी भएको मुख्यमन्त्री गुरुङले जनाए ।

गण्डकी प्रदेशमा जति सक्दो छिटो कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी भएको उनले जनाए । उनले भने “नेपाल सरकारले कस्तो प्रकारको खोप ल्याउछ, त्यसलाई स्टोर गर्ने स्थल ल्याव आवश्यक पर्छ, अहिलेको अबस्थामा घर घरमा पुगेर सवै जनतालाई खोप लगाउन नसक्ने अबस्था छ ।” सुरुमा अस्पतालमा कार्यरत चिकित्सक सहितको स्वास्थ्यकर्मीलाई, एक पटक कोरोना लागेकालाई, ७० बर्ष माथिका बृद्धहरुलाई, १० बर्ष मुनिका वालवालिकाहरुलाई, फ्रन्ट लाइनमा काम गर्ने सुरक्षानिकायका कर्मचारीलाई पालैपालो गरेर विस्तारै सवै जनतालाई खोपको पहुच पुर्‍याउने लक्ष्य लिएको मुख्यमन्त्री गुरुङले बताए । पुनर्रकर्जाको कान्वयमा समस्या भएकोले केही व्यवसायी छ्ुटेकोले गर्दा प्रधानमन्त्री, अर्थमन्त्री, गर्भनरलाई समेत आफुले पुनः विचार गर्न आग्रह गरेको उनले जनाए ।

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले अब पर्यटनका क्षेत्रलाई बन्द गरेर नहुने भन्दै स्वास्थ्य मापदण्ड पालना गर्दै खुल्ला गर्नु पर्ने बताए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले आफुहरुले कोरोनासंग डराएर हुदैन भनेर एक दुई महिना देखि स्वास्थ्य मापदण्ड पालना गरेर सुरु गर्नु पर्छ भन्दै आएको बताए । रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा महोत्सव संयोजक बसन्त गौतम, प्रचार संयोजक विकास भट्टराई लगायतले वोलेका थिए । कोरोना पछि उक्त महोत्सव सम्भवत भौतिक रुपमा सहभागि भएर नेपालमै पहिलो पटक भव्य रुपमा उद्घाटन भएको हो । महोत्सव सुरु हुनु पूर्व पोखरामा सयौंको सङख्यामा प्रभात फेरी(र्‍याली)मा सहभागि भएका थिए ।

यही पुष १७ गतेसम्म संचालन हुने उक्त महोत्सवमा कोरोनाबाट बच्न र बचाउन तथा रोकथामको लागि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सामान्य ढंगबाट यस बर्षको सडक महोत्सव बुधबार देखि सुरु भएको महोत्सव संयोजक बसन्त गौतमले एटुजेटलाई बताए । २२ औं संस्करणको पोखरा सडक महोत्सव अघिल्ला बर्षको जस्तो तडगभड्ग रहित, धेरै मानिसहरु भिडभाड हुने प्रकृतिका पप कन्सर्ट, विभिन्न खेल, लोक तथा दोहारी गित प्रतियोयिगता लगायतका कार्यक्रम यस बर्ष नहुने भएको संयोजक गौतमले बताए । विगत २१ बर्ष देखि निरन्तर रुपमा संचालन हुदै आएको उक्त महोत्सव यस बर्ष भने कोभिड—१९ ले गर्दा ५ दिने महोत्सव तीन दिन मात्र संचालन हुने भएको हो ।

कोरोनाको कारण हाल ८/९ महिना देखि पोखरा सहित देशको धेरै पर्यटकीय क्षेत्र हाल अस्त व्यस्त भएको समयमा आर्थिक गतिविधि चलायमान समेत बनाउन उक्त महोत्सव यस बर्ष निरन्तरता दिनको लागि आयोजना गरिएको संयोगक गौतमले बताए । पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सुचना प्रवाह गरी पर्यटन प्रवद्र्धनका साथ साथै पोखरालाई अंगेजी नयाँ वर्षको गन्तब्य स्थलको रुपमा प्रवद्र्धन गर्न अघिल्ला बर्षको तुलनामा निकै कम भिडभाड सामान्य ढंगले महोत्सव हुने भएको उनले जनाए ।

उनले भने “ फिस्टेल गेट देखि खहरेसम्म ३ किलोमिटर सडक क्ष्ोत्रका तीन ठाँउमा स्टेज बनाएका छौं, जहाँ सांस्कृतिक कार्यक्रमहरु प्रर्दशन हुन्छ, यसपाली अलि बढी सचेतना मुलक ढंगले महोत्सव गर्दै छौं। ” यसैबिच, पोखरा सडक महोत्सव गर्ने बिषयमा कास्की प्रशासनले भने गृह तथा पर्यटन मन्त्रालयमा समन्वय गर्दै उक्त महोत्सव गर्नको लागि हाल कुनै बाधा हड्चन नगर्ने भएको छ । कोरोनाको महामारीमा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न आफुहरुले निर्देशन दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले एटुजेटलाई बताए । प्रशासनले लिखित रुपमा भने उक्त महोत्सव आयोजना गर्न कुनै पत्र दिएको छैन्।

सम्बन्धित खवर