सुनको भाउमा आज तोलामा ३ सय रुपैयाँले घट्यो

सुनको भाउमा आज तोलामा ३ सय रुपैयाँले घट्यो

काठमाण्डौ : सुनको भाउमा आज तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९५ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर